हेटौंडा सिमेन्ट उद्योगले पुनः थाल्यो उत्पादन

८ पुस, मकवानपुर । करिब एक महिनाअघिदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले पुनः उत्पादन सुरु गरेको छ । गत मंसिरको पहिलो हप्ताबाट सिमेन्ट उत्पादन गर्ने क्रममा आगो बाल्ने भट्टीमा प्रयोग हुने प्रि फिल्टर फ्यान, विद्युतीय …

सम्बन्धित सामग्री

डा तोसिमाको टिप्पणीप्रति उद्योगी भन्छन्- सांसदले बुझेर बोलिदिए हुने

प्रतिनिधि सभामा ललितपुरबाट विजयी भएकी उनले निर्वाचन क्षेत्रमा पुगेर यसरी गरेको भाषणको भीडियो भाइरल भएपछि हेटौंडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट कारखानाले भने आफूहरुको सम्बन्धमा गलत टिप्पणी भएको दाबी गरेका छन्।

हेटौंडा सिमेन्ट उद्योगको अवस्था सुधार्न सबै पक्ष मिलेर लाग्नुपर्छ : श्रेष्ठ

हेटौंडा । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री एकलाल श्रेष्ठले हेटौंडा सिमेन्ट उद्योगको अवस्था सुधार्न सबै पक्ष मिलेर काम गर्नुपर्ने बताउनुभएको छ । ट्रेड युनियन हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको १६ औँ अधिवेशनमा बोल्दै मन्त्री श्रेष्ठले स्वर्णीम इतिहास बोकेको हेटौंडा सिमेन्ट उद्योगले हेटौंडा कपडा उद्योगको जस्तो अवस्था व्यहोर्न नहुने बताउनुभयो । हेटौंडा सिमेन्ट उद्योगमा रहेका समस्यालाई […]

‘तत्काल लगानी नगरे हेटौंडा सिमेन्ट चल्न सक्दैन’

हेटौंडा : सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग चरम आर्थिक अभावका कारण बन्द हुने अवस्थामा छ। कोइला किन्न नसक्दा ३ महिनासम्म बन्द भएको उद्योग मंगलबारबाट मात्रै सञ्चालनमा आएको छ।चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा बन्द भएका उद्योग सञ्चालन गर्ने र नयाँ उद्योगहरू सञ्चालन गर्ने उल्लेख छ तर सञ्चालनमै रहेको हेटौंडा सिमेन्ट उद्योग बन्द हुने अवस्था हुँदा पनि सरकारले चासो दिएको छैन।एकपछि अर्को सरकारी उद्योग किन बन्द हुँदै गएका छन्? भन्नेमा कसैको चासो छैन। यसबाट सरकारको करोडौंको लगानी डुब्नु

तीन महिनापछि पुनः सञ्चालनमा आयाे हेटौंडा सिमेन्ट उद्योग

मकवानपुर । हेटौंडा सिमेन्ट उद्योग तीन महिनापछि पुनः सञ्चालनमा आएको छ । कोइलाको आपूर्ति नहुँदा तीन महिनादेखि बन्द रहेको बागमती प्रदेशको राजधानी हेटौंडास्थित सरकारी स्वामित्वमा रहेको उक्त उद्योग मंगलबारबाट पुनः सञ्चालनमा आएको हो । उद्योगमा केही महिनादेखि आर्थिक अभावको कारणबाट समयभित्रै कोइला आपूर्ति गर्न कठिनाइ भएको थियो ...

तीन महिनादेखि बन्द हेटौंडा सिमेन्ट उद्योग पुनः सञ्चालन

काठमाण्डाै – तीन महिनादेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगमा हिजाेदेखि क्लिङ्कर उत्पादन सुरु भएको छ । भट्टीमा कोइलाको आपूर्ति गरेर काम सुरु गरिएको सिमेन्ट उद्योग व्यवस्थापनले जनाएको छ । उद्योगलाई चाहिने गुणस्तरीय कोइला बोलपत्रमार्फत भारत, भुटान, इन्डोनेसियालगायत अन्य देशबाट आपूर्ति गरिएको छ । हाल १४ हजार मेट्रिक टन कोइला आपूर्ति भइरहेको हेटौंडा सिमेन्ट उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिनुभयो । उद्योगमा केही महिनादेखि आर्थिक अभावको कारणबाट समयभित्रै कोइला आपूर्ति गर्न कठिनाइ भएको थि...

३ महिनापछि सञ्चालनमा आयो हेटौंडा सिमेन्ट

हेटौंडा : सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग बन्द भएको ३ महिनापछि फेरि सञ्चालनमा आएको छ।निरन्तर घाटामा गएर बन्द भएको उद्योगले ३ महिनापछि मंगलबार उत्पादन पुनः शुरु गरेको हो। ४ वर्षदेखि लगातार घाटामा चलिरहेको उद्योग सञ्चालनका लागि कोइलाको अभाव भएपछि ३ महिनायता उत्पादन ठप्प भएको थियो।तर विभिन्न निकायबाट करिब एक हजार टन कोइला सहयोग पाएपछि मंगलबार उद्योगले पुनः उत्पादन थालेको हो। उद्योगका महाप्रबन्धक वसन्त पाण्डेका अनुसार उद्योगसँग हाल २/३ दिन चलाउन पुग्ने परिमाणम

हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको अध्यक्षमा मकवानपुरको बसामाडीका भेटुवाल नियुक्त

काठमाडौं। हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको अध्यक्षमा गणेशप्रसाद भेटुवाल नियुक्त भएका छन्। उद्योग अध्यक्षको रिक्त पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट नियुक्ति गरिएको

हेटौंडा सिमेन्ट उद्योगमा महाप्रबन्धक नियुक्तिका लागि दरखास्त आह्वान

२६ माघ, काठमाडौं । सरकारले हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको रिक्त महाप्रबन्धक पदका लागि प्रक्रिया अगाडि बढाएको । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गर्दै खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिनसक्ने मन्त्रालयको सूचनामा भनिएको छ । दरखास्तका […]

हेटौंडा सिमेन्ट उद्योग : रू. १ अर्ब ४० करोड बराबरको सिमेन्ट विक्री

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडास्थित नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योग लिमिटेडले गत आर्थिक वर्ष (आव) २०७७/७८ मा कुल १ अर्ब ४० करोड ३३ लाख ९९ हजार रुपैयाँ बराबरको सिमेन्ट विक्री गरेको छ । गत आवमा १८ लाख ५३ हजार ७६४ बोरा सिमेन्ट विक्रीबाट सो बराबरको आर्थिक कारोबार गरेको हेटौंडा सिमेन्ट उद्योगले बताएको छ । गत आवमा ३१ लाख २० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य भए पनि कोरोनाको असहज परिस्थिति, पुरानो मेशिनरी उपकरण र पटक–पटक मर्मतसम्भार गर्नुपर्दा लक्ष्य भेट्टाउन नसकेको उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले जानकारी दिए । उद्योगका विभिन्न चार स्थानमा चुनढुंगा खानी छन् । यद्यपि उद्योगले गत आवमा आवश्यक कच्चा पदार्थ व्यवस्थापनका लागि मकवानपुरको ओखरे र धादिङको जोगिमाराबाट मात्र चुनढुंगा ल्याएको थियो । उद्योगले सो आवमा १ लाख ५० हजार मेट्रिक टन क्लिंकर उत्पादन गर्ने लक्ष्य लिए पनि १ लाख मेट्रिक टन मात्र उत्पादन भएको बताइएको छ ।      एशियाली विकास बैंकको ऋण सहयोगमा २०३३ सालमा स्थापित यस उद्योगमा तत्कालीन अर्थ मन्त्रालय, जलस्रोत मन्त्रालय, उद्योग मन्त्रालय, खानी विभागलगायत विभिन्न सरकारी निकायको समेत शेयर छ । उद्योग लामो समयदेखि नाफामा जान सकेको छैन । यद्यपि उद्योगलाई नाफामा लैजान अन्य निजीक्षेत्रबाट स्थापना गरिएका सिमेन्ट उद्योगसरह नयाँ प्रविधि जडान गर्नेगरी विकास गर्न आवश्यक रहेको महाप्रबन्धक सिंहले जानकारी दिए ।     हेटौंडा सिमेन्ट उद्योगअन्तर्गत करीब १०१ बिगाहा क्षेत्रफलमा उद्योग र आवास क्षेत्र छ भने विभिन्न स्थानमा गरी करीब २०० बिगाहा क्षेत्रफलमा उद्योगका लागि आवश्यक कच्चापदार्थ खानी (चुनढुंगा) छ । उद्योगका लागि आवश्यक कच्चापदार्थ व्यवस्थापनका लागि मकवानपुरको ओखरे, भैसे, मजुवा र धादिङको जोगिमारामा चुनढुंगा खानी छ । उद्योग धेरैजसो आवमा नोक्सानीमा सञ्चालन हुँदै आएको छ । पुराना मेशिनरी प्रविधि र पटकपटक बिग्रने समस्या तथा लागत खर्च बढी आउने कारणले उद्योगले अन्य निजी सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न नसकेको उद्योगका कामु प्रबन्धक (अर्थ) रामबाबु साहले बताए । उद्योगको पछिल्लो अवस्था हेर्दा वार्षिक करीब २ अर्ब बराबरको वार्षिक आम्दानी र सोभन्दा बढी खर्च देखिन्छ । उद्योगको बढी खर्च कर्मचारी पारिश्रमिक, कच्चापदार्थ व्यवस्थापन तथा मर्मतसम्भार क्षेत्रमा हुने गरेको छ । उद्योगमा स्थापना गरिएको प्रविधि निकै पुरानो भए पनि जर्मन मोडलको हो । सिमेन्ट उत्पादनका दृष्टिले यो प्रविधिलाई विश्वमै उत्कृष्ट मानिन्छ । तोकिएको गुणस्तर मापदण्ड पुगेका कच्चा पदार्थ मात्र प्रयोगशालाले स्वीकार गर्दछ । यद्यपि निजीक्षेत्रको जस्तो अत्यधिक मुनाफा कमाउने उद्देश्य नभएकाले गुणस्तर उद्योगको मुख्य प्राथमिकता रहेको उद्योगले बताएको छ ।      उद्योग प्रशासनका अनुसार हेटौंडा सिमेन्टको माग मुलुकका मुख्य शहरमा अत्यधिक बढी छ । काठमाडौंमा हेटौंडा सिमेन्ट प्रयोग गरेर निर्माण गरिएका घरमा २०७२ सालको विनाशकारी भूकम्पबाट कम क्षति भएको पाइएपछि हेटौंडा सिमेन्ट उद्योगद्वारा उत्पादित सिमेन्टको माग बढेको उद्योगको दाबी छ । २०३३ सालमा स्थापित उद्योगले २०४२ देखि व्यावसायिक उत्पादन शुरू गरेको थियो । रासस

सरकारी बेथितिको नमूना : करोडौं घाटामा हेटौंडा सिमेन्ट उद्योग

असार २३, हेटौंडा । हेटौंडास्थित नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योग लिमिटेडलाई कारोनाको असहज परिस्थितिका कारण आर्थिक रुपमा ठूलो नोक्सानी बेहोर्नु परेको छ ।  गत आव  ०७६/७७ मा करीब  रू. २५ करोड बराबरको आर्थिक घाटा भएको उद्योगमा चालू आव ०७७/७८ मा समेत करीब रू. २५ करोड बराबरको आर्थिक कारोबार नोक्सानी हुने प्रारम्भिक अनुमान गरिएको उद्योगले जानकारी दिएको छ ।  कोरोनाको असहज परिस्थितिका कारण उद्योगमा हुने उत्पादन लागतमा वृद्धि, उद्योग सञ्चालन खर्च अन्य समयको तुलनामा बढी मूल्य पर्ने साथै योजनाअनुसार सिमेन्ट उत्पादन र विक्री नभएकाले उद्योगलाई कारोनाको अहसज स्थितिका कारण आर्थिक रुपमा नोक्सानी पुगेको उद्योगका कामु प्रबन्धक (अर्थ) रामबाबु शाहले जानकारी दिए ।  दुई आवदेखि निरन्तर कोरोनाको असहज स्थितिका कारण योजनाअनुसार सिमेन्ट उत्पादन तथा  विक्री हुन नसक्दा घाटा बेहोर्नुपरेको हो । अझ सिमेन्ट विक्रीको मुख्य याम चैतदेखि असारसम्ममा सिमेन्ट उत्पादन तथा विक्रीमा कमी आउँदा उद्योगले ठूलो आर्थिक नोक्सानी भोग्नु परेको छ ।  सरकारको स्वामित्वमा रहेको यो उद्योग केही सीमित आवबाहेक अन्य धैरैजसो आवमा विविध कारणले आर्थिक रुपमा ठूलो नोक्सानीसहित  सञ्चालन हुँदै आएको छ । पुराना मेसिनरी प्रविधि र पटकपटक बिग्रने समस्या तथा लागत खर्च बढी आउने कारणले अन्य निजी सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्दा नोक्सानी हुँदै आएको उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले बताए ।  उद्योगको पछिल्लो अवस्था हेर्दा वार्षिक करीब रू. दुई अर्ब बराबरको वार्षिक आम्दानी देखिन्छ भने करीब दुई अर्बभन्दा बढी वार्षिक खर्च देखिन्छ  । उद्योगको बढी खर्च कर्मचारी पारिश्रमिक, कच्चापदार्थ व्यवस्थापन तथा मर्मतसम्भार क्षेत्रमा देखिन्छ ।  उद्योगका अनुसार  यता  आव २०७५/७६ मा पनि उद्योगले करीब रू.  १६ करोड ६५ लाख बराबरको घाटा बेहोरेको देखिन्छ । यद्यपि आव २०७३/७४ मा  रू. १५ करोड र आव  २०७४/७५ मा कुल रू. १६ करोड उद्योगले आर्थिक रुपमा नाफा गरेको देखिन्छ । स्थापनाकालको अवस्थामा आव ०४८/४९ मा आर्थिक रुपमा केही नाफा देखिएको उद्योगमा पछिल्लो सबैजसो वर्ष घाटामा नै सञ्चालन हुँदै आएको अवस्था छ ।  हेटौँडा सिमेन्ट उद्योगअन्तर्गत करीब १०१ बिघा क्षेत्रफलमा क्षेत्रफल रहेको छ भने करीब २०० बिघा क्षेत्रफल विभिन्न स्थानमा उद्योगका लागि आवश्यक कच्चापदार्थ खानी (चुनढुंगा) रहेको क्षेत्र छ । उद्योगको कच्चापदार्थका लागि मकवानपुरको ओखरे, भैसे,  मजुवा र धादिङको जोगिमारामा चुनढुंगा खानी छ ।  उद्योगले स्थापना गरेको उत्पादन प्रविधि निकै पुरानो भए पनि जर्मन मोडलको हो । सिमेन्ट उत्पादनका दृष्टिले यो प्रविधिलाई विश्वमै उत्कृष्ट मानिन्छ । तोकिएको गुणस्तर मापदण्ड पुगेका कच्चापदार्थलाई मात्र प्रयोगशालाले स्वीकार गर्दछ । यद्यपि निजी क्षेत्रको जस्तो अत्यधिक मुनाफा कमाउने उद्देश्य नभएकाले गुणस्तरमा उद्योगको मुख्य प्राथमिकता रहेको उद्योगले जानकारी दिएको छ  ।  चालू आव २०७७/७८ मा ३१ लाख बोरा सिमेन्ट र एक लाख ५० हजार मेट्रिक टन क्लिंकर उत्पादन गर्ने लक्ष्य रहेको उद्योगको बिक्री महाशाखाले जानकारी दिएको छ । मुख्य याममा कोरोनाको असहज परिस्थितिका कारण चैत–असारमै लक्ष्यअनुसार सिमेन्ट विक्री नहुँदा आर्थिक वर्षको अन्त्यसम्म लक्ष्य हासिल हुन नसकेको विक्री महाशाखाले जानकारी दिएको छ ।  उद्योग प्रशासनका अनुसार हेटौँडा सिमेन्टको माग मुलुकका मुख्य शहरमा अत्यधिक रुपमा बढी भएको पाइन्छ । काठमाडौंमा हेटौँडा सिमेन्ट प्रयोग गरेर निर्माण गरिएका घरमा २०७२ सालको विनाशकारी भूकम्पबाट कम क्षति भएको पाइएपछि झन् माग बढेको उद्योगको दाबी छ ।   विसं २०३३ मा स्थापित उद्योगले २०४८ सालबाट व्यावसायिक उत्पादन शुरु गरेको थियो । उद्योगमा हाल २८५ जना स्थायी र करीब १०० जना ज्यालादारी कर्मचारी तथा मजदूर कार्यरत छन् । रासस