हेटौंडा : सामान्यतः स्याउलाई आवश्यक हावापानी हिमाली भेगमा हुन्छ। तर हिमाल र पहाड क्षेत्रमा फल्ने स्याउ भित्रीमधेसको मकवानपुरको हेटौंडामा पनि फल्न थालेको छ। हेटौंडा–८ कमानेका किशोर पौडेलको बारीमा यतिबेला स्याउ फुल्न र फल्न थालेका छन्। चिसो ठाउँमा मात्रै फस्टाउँदै आएको स्याउ एक वर्षअघि गर्मी ठाउँमा पनि लगाएका पौडेल अहिले चिचिला लागेको स्याउको बोट हेर्दै मक्ख छन्। १४ कठ्ठामा ८ सय बिरुवा रोपेर पौडेलले हेटौंडामा सम्भवतः पहिलोपटक व्यवसायिक रुपमा स्याउ खेतीको सुरुवात