हेटौंडा–ढल्केबर–इनरुवा प्रसारणलाइनको अवरोध हटाउन प्राधिकरणले थाल्यो पहल

२८ फागुन, काठमाडौं । निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारणलाइन निर्माणको अवरोध हटाउन नेपाल विद्युत प्राधिकरणले पहल थालेको छ । स्थानीयहरले विभिन्न माग राखेर अवरोध सिर्जना गरेपछि यो आयोजना निर्माणमा ६ वर्षदेखि अवरोध कायमै छ । आयोजना निर्माणमा निरन्तर अवरोध भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली शनिबार मकवानपुरको हेटौंडा पुगेको थियो । […]