मुगुका वन अधिकृत थापासहित ६ जनाविरुद्ध अख्तियारको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय मुगुमा कार्यरत वन अधिकृत भरत बहादुर बढ थापा, सवइन्जिनियर तथा निर्माण उपभोक्ता समितिका अध्यक्षसहित ६ जना उपर गैरकानुनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा दायर गरेको छ । मुगुको सोरु गाउँपालिका वडा नंबर १, जवलधारास्थित काछदेखि छोटासम्म पदमार्ग निर्माण कार्य गर्दा उपभोक्ता समिति र प्राविधिकको मिलेमतोमा हुँदै नभएको कामको समेत बढी मुल्याङ्कन गरी झुट्टा विल बनाई योजनाको विनियोजित रकम पुरै भुक्तानी दिई सरकारी रकम हिनाम

सम्बन्धित सामग्री

कानुनी अड्चनका कारण डिएफओले वनका मुद्दा हेर्न छाडे

वीरगञ्ज – जिल्लामा रहेका डिभिजन वन अधिकृत (डिएफओ‌)हरुले कानुनी बाधाका कारण चोरी तस्करीका मुद्दा हेर्न छाडेपछि वनसम्बन्धी मुद्दा फर्छ्यौटमा समस्या देखिएको छ। डिभिजन वन कार्यालय पर्साका वन अधिकृतले मुद्दा हेर्न छाडेपछि अहिले त्यससम्बन्धी केही मुद्दाहरु अदालत पठाउने गरिएको छ भने केही मुद्दामा प्रतिवादीलाई तारेख मात्रै दिने काम भएको छ। जसले गर्दा मुद्दा फर्छ्यौट नै हुन […]

घुस लिएको आरोपमा पर्साका सहायक वन अधिकृत यादव निलम्बनमा

वीरगञ्ज – घुस लिएको आरोपमा डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत रामप्रसाद यादव निलम्बनमा परेका छन्। वन पैदावार चोरीसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा यादवले घुस लिएको भिडियो फेला परेपछि उनलाई निलम्बन गरिएको हो। यादव दुई महिनाका लागि निलम्बनमा परेको डिभिजन वन कार्यालय पर्साका प्रमुख सुवासचन्द्र दासले जानकारी दिए। मुद्दा अनुसन्धानको क्रममा घुस लिएको भनी तथ्य […]

अख्तियारद्वारा एकैदिन भ्रष्टाचारका पाँच वटा मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकै दिन पाँच मुद्दा दर्ता गरेको हो । आयोगले आज भ्रष्टाचारसम्बन्धी पाँच वटा मुद्दा विशेष अदालतमा दर्ता गरेको हो ।  आयोगका अनुसार आर्थिक वर्ष ०७०/०७१ मा कालिकोट र मुगु जिल्लाको विभिन्न सार्वजनिक निकायमा कार्यरत कर्मचारीविरुद्ध एउटा मुद्दा दर्ता भएको छ ।  मुगुको डिभिजन वन अधिकृत भरतबहादुर बुढथापा, जिल्ला विकास […]

मुगुका वन अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२४ साउन, काठमाडौं ।   डिभिजन वन कार्यालय, मुगुका डिभिजन वन अधिकृत भरत बहादुर बुढथापा, सव-इन्जिनियर र निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । छायाँनाथ रारा नगरपालिका वडा नं. १४ अन्तर्गत पर्ने चंखेली हिमालदेखि दुधताल सातदहसम्म पर्यटकीय मार्ग निर्माण गर्नको लागि प्रदेश सरकारबाट डिभिजन वन कार्यालय, मुगुमा निकासा भएको रकम […]

डिएफओले खाएको घुसको रकम फिर्ता नभएपछि १२ वर्षमा मुद्दा !

करिब एक साताअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रसमेत ३ जनाविरुद्ध भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दायर गर्‍यो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ वर्ष पुरानो घटनाको सम्बन्धमा २०७८ फागुन पहिलो साता विशेष अदालतमा ७० लाख घुस रिसवत लिएको भन्दै मुद्दा दायर गरेको थियो । जिल्ला वन कार्यालय रसुवाको नियन्त्रणमा रहेको रक्तचन्दन लिलाम गरी विक्री गर्ने प्रयोजनका लागि भन्दै तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रले लिए

रक्तचन्दनको ठेक्का मिलाएबापत ७० लाख घुस, घुस लिनेदिने र लुकाउनेविरुद्ध मुद्दा

काठमाडाैं : रक्तचन्दनको ठेक्का मिलाई दिन्छु भनेर ठेकेदारसँग ७० लाख रुपैयाँ घुस लिएकाे आराेप लागेका जिल्ला वन कार्यालय रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले भ्रष्टाचार मुद्दा दायर गरेकाे छ। अख्तियारले घुस लिने मिश्र, उनकाे छाेरा नवीनकुमार तथा रकम उपलब्ध गराई मिलेमतो गर्ने ग्याल्जेन एण्ड तामाङ्ग प्रा.लि. र रसुवा ट्रेडिङ्ग कम्पनीका प्रोप्राइटर लाक्पा ग्याल्जेनविरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेकाे हाे।वन अधिकृत मिश्रको

डिएफओको अधिकार कटौती : देशभरका वन कार्यालयमा १२ सय मुद्दा अलपत्र

जिल्ला वन अधिकृत (डिएफओ)को अर्धन्यायिक अधिकार कटौती हुँदा देशभरका वन कार्यालयमा करिब एक हजार दुई सय मुद्दा अलपत्र परेका छन् । वन प्रदेश सरकारमातहत पुगेसँगै डिएफओको अर्धन्यायिक अधिकार कटौती भएको हो ।  प्रदेश...

घुससहित सहायक वन अधिकृत पक्राउ

धादिङको नीलकण्ठ सबडिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्णप्रसाद पौडेल ४० हजार रुपैयाँसहित पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले पौडेललाई कार्यकक्षबाटै पक्राउ गरेको हो । वन कार्यालयले समातेको काठको धनीलाई मुद्दा नचलाउने शर्तमा दिएको घुस लिएको पाइएको छ ।