रक्तचन्दनको ठेक्का मिलाइदिने भन्दै ७० लाख घुस लिएको आरोपमा वन अधिकृतविरुद्ध मुद्दा

रक्तचन्दनको ठेक्का मिलाइदिन्छु भन्दै ७० लाख रूपैयाँ घुस लिएको आरोपमा वन अधिकृत विष्णुकान्त मिश्रविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।  आयोगका अनुसार जिल्ला वन कार्यालय रसुवाका तत्कालीन वन अधिकृत मिश्रले ठेक्का मिलाइदिन्छु भन्दै घुस लिएर फरार भएका थिए ।  उक्त घुस रकममध्ये मिश्रले ४० लाख रूपैयाँ उनको छोरा नवीनकुमारले बैंक खातामा जम्मा गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।  मिश्रलाई घुस रकम उपलब्ध दिएर मिलेमतो गर्ने ग्याल्जेन एण्ड तामाङ प्रालि र रसुवा ट्रेड...

सम्बन्धित सामग्री

घुस लिएको आरोपमा पर्साका सहायक वन अधिकृत यादव निलम्बनमा

वीरगञ्ज – घुस लिएको आरोपमा डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत रामप्रसाद यादव निलम्बनमा परेका छन्। वन पैदावार चोरीसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा यादवले घुस लिएको भिडियो फेला परेपछि उनलाई निलम्बन गरिएको हो। यादव दुई महिनाका लागि निलम्बनमा परेको डिभिजन वन कार्यालय पर्साका प्रमुख सुवासचन्द्र दासले जानकारी दिए। मुद्दा अनुसन्धानको क्रममा घुस लिएको भनी तथ्य […]