धादिङको नीलकण्ठ सबडिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्णप्रसाद पौडेल ४० हजार रुपैयाँसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले पौडेललाई कार्यकक्षबाटै पक्राउ गरेको हो ।
वन कार्यालयले समातेको काठको धनीलाई मुद्दा नचलाउने शर्तमा दिएको घुस लिएको पाइएको छ ।