काठमाडाैं : रक्तचन्दनको ठेक्का मिलाई दिन्छु भनेर ठेकेदारसँग ७० लाख रुपैयाँ घुस लिएकाे आराेप लागेका जिल्ला वन कार्यालय रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले भ्रष्टाचार मुद्दा दायर गरेकाे छ। अख्तियारले घुस लिने मिश्र, उनकाे छाेरा नवीनकुमार तथा रकम उपलब्ध गराई मिलेमतो गर्ने ग्याल्जेन एण्ड तामाङ्ग प्रा.लि. र रसुवा ट्रेडिङ्ग कम्पनीका प्रोप्राइटर लाक्पा ग्याल्जेनविरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेकाे हाे।वन अधिकृत मिश्रको