दक्षिण कोरियामा गर्भवती महिला र १२ देखि १७ वर्षका बालबालिकालाई कोभिड –१९ विरुद्धको खोप लगाइने भएको छ। यहाँको स्वास्थ्य निकायले जनाएअनुसार अर्को महिनादेखि गर्भवती र बालबालिकाले पनि खोप लगाउनेछन् । यस निर्णयसँगै अक्टोबर १८ देखि शुरु हुने खोप अभियानबाट १२ देखि १७ वर्ष उमेर समूहका २० लाखभन्दा बढी बालबालिका लाभान्वित हुनेछन् ।गत जुलाइदेखि बालबालिकामा पनि सङ्क्रमण तीव्र रूपमा बढेको पाइएपछि यो अभियान घोषणा गरिएको थियो। अगस्टमा मात्र उक्त उमेर समूहका ३,०५० बालबालिका सङ्क्रमित भएक