विराटनगर : प्रदेश १ का विभिन्न संरक्षण गृहहरुमा आश्रितलाई कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ।सडक आश्रित तथा सहयोगापेक्षीहरुलाई उद्धार गरी राखिएको विराटनगर महानगरपालिका–१० को मानव सेवा आश्रमबाट अभियान शुरुवात गरिएको सामाजिक विकास मन्त्रलायले जनाएको छ।कोभिड विरुद्धको खोप सडक आश्रित तथा सहयोगापेक्षीहरु सम्पूर्णलाई लगाइने सामाजिक विकास मन्त्री उषकला राईले बताइन्।‘मानव सेवा आश्रम तथा विभिन्न संरक्षण गृहमा रहेकाहरुको सबैलाई खोप लगाइने छ,’ मन्त्री राईले भनिन्, ‘अपाङ्गता