काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले नागरिकको सुविधाका लागि वडावडामै कोरोना विरुद्धको खोप उपलब्ध गराउने भएको छ ।
यसअघि नगरभित्र २ ठाउँमा खोप केन्द्र राखिएकामा नगरपालिकाले अब १३ वटै वडाबाट खोप लगाउने तयारी गरेको हो ।
कोरोना संक्रमणको जोखिम बढिरहेको र निश्चित ठाउँमा मात्रै खोप केन्द्र राख्दा नागरिकले कष्ट व्यहोर्नुपरेको गुनासो आएकाले नगर भित्रका सबै वडामा खोप केन्द्र सञ्चालन गर्ने तयारी गरिएको नगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख कुमारप्रसाद दाहालले बताए ।
तोकिएको उमेर समूहका भन्दा पनि अन्य मानिस खोप केन्द्र...