बीपी प्रतिष्ठानका निलम्बित उपकुलपति डा गिरीले सफाइ पाए

विशेष अदालतले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निलम्बित उपकुलपति डा ज्ञानेन्द्र गिरीलाई सफाइ दिएको छ। डा गिरीविरुद्ध प्रोफेसर पदको दुरुपयोग गरेको भन्ने मुद्दा अदालतमा परेको थियो।

सम्बन्धित सामग्री

बीपी प्रतिष्ठान भएको बेथिति अन्त्य गर्न पाँच बुँदे सम्झौता

६ भदौ, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको बथिति र अनियमितता समधान गर्नका लागि भन्दै स्वास्थ्य मन्त्रालय, प्रतिष्ठान र घोपा बचाउ अभियानबीच सम्झौता भएको छ । स्वास्थ्यमन्त्री भवानी खापुङ, प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी र खोप बचाउ अभियानका अध्यक्ष सुधन गुरुङबीच आइतबार भएको छलफलमा ५ बुँदै सम्झौता भएको छ । सम्झौतापत्रमा बिरामीको […]

उपकुलपतिको आरोप : बीपी प्रतिष्ठान पतन गराउन मेडिकल माफिया उद्यत

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आम्दानीको ८० प्रतिशत राजस्व रकम चुहावट भइरहेको उपकुलपति डा. ज्ञानेन्द्र गिरीले दाबी गरेका छन् । उनले पछिल्लो समयमा चुहावट हुन नसकेर रहेको २० प्रतिशत आम्दानीले मात्र थेगिरहेको बताए । प्रतिष्ठानको राजस्व चुहावट गरेर पतन गराउन मेडिकल माफियाहरू नै लागेको पनि डा. गिरीले बताए ।

बीपी प्रतिष्ठानका उपकुलपतिलाई कार्यकक्ष प्रवेशमा रोक

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीलाई कार्यकक्ष प्रवेशमा रोक लगाइएको छ । बिहीबार बिहान करिव ९ बजे उनी उपकुलपति परिसर हुँदै कार्यकक्षमा प्रवेश गर्न खोज्दा बीपी प्रतिष्ठान शुद्धीकरण अभियान संयुक्त संघर्ष समितिले कार्यकक्ष प्रवेशमा रोक लगाएका हुन् ।

बीपी प्रतिष्ठान : उपकुलपतिको कार्यकक्षमा लगाइएको ताला फोडियो

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत चिकित्सक तथा विद्यार्थीले प्रमुख पदाधिकारीहरूको कार्यकक्षमा डेढ महीनादेखि लगाएको ताला राजनीतिक दल निकट युवा संघहरूले फोडेका छन् । सोमवार प्रतिष्ठानमा पुगेर तीन राजनीतिक दल निकट संठगनहरूले विरोध प्रदर्शन गर्दै उपकुलपति डा. ज्ञानेन्द्र गिरीको कार्यकक्षमा लगाइएको ताला फुटाएका हुन् । बीपी सुधार अभियान अन्तर्गत प्रमुख पदाधिकारीहरूको राजीनामा लगायतको माग राख्दै आन्दोलित संयुक्त संघर्ष समितिले आइतवारदेखि आकस्मिक तथा कोभिड अस्पतालको बाहेक अन्य सेवा बहिष्कार गर्ने घोषणा गरेको थियो । प्रतिष्ठान सुधारको माग राख्दै चिकित्सक तथा विद्यार्थीले गरेको आन्दोलनलाई सहज ढंगले निकासतर्फ लैजानुपर्नेमा राजनीतिक दलहरूले प्रतिष्ठानमा अराजकता भिœयाएको आरोप समितिको छ । दलहरूको यस्तो हर्कतले प्रतिष्ठानमा काम गर्न सक्ने वातावरण झनै बिग्रने आन्दोलित चिकित्सकहरूले बताएका छन् । ‘हामीले सेवा ठप्प पारेका होइनौं, बहिष्कार गरेका हौं, आकस्मिक र कोभिड अस्पतालमा सेवा दिइरहेका छौं,’ प्रतिष्ठानका चिकित्सक डा. प्रकाश पराजुलीले भने, ‘सोमवारको घटनाले हामीले असुरक्षा महसूस गरेका छौं ।’ नेकपा एमाले धरान नगर कमिटी, संघीय लिम्बुवान मञ्च नेपाल धरान नगर कमिटी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलनको विरोध गरेका छन् । प्रतिष्ठानमा सृजित अराजकताले विद्यमान समस्या झनै बढाएको धरानका बुद्धिजीवी तथा धरान नागरिक दबाब सञ्जालका संयोजक प्राडा. राजेन्द्र शर्माले बताए । ‘सोमवारको घटनामा असहिष्णुता देखाउने अराजनितिक कार्य हो, लोकतन्त्रमा एउटा समूहले उठाएका शान्तिपूर्ण आन्दोलनलाई अर्को समूहले धैर्यपूर्वक सुन्ने अभ्यास गर्नुपर्नेमा ताला तोड्ने काम अराजकता र असहिष्णुताको पराकाष्ठा हो ।’ ताला तोड्न पुगेका राजनीतिक दलका युवा र प्रहरीबीच झडपसमेत थियो । सो क्रममा केही प्रहरी र राजनीतिक दलका कार्यकर्ता घाइते भएका छन् । ताला तोडफोडमा संलग्न राजनीतिक दलका कार्यकर्ताले भने बीपी प्रतिष्ठानको शुद्धीकरण आन्दोलनप्रति आफूहरूको समर्थन रहे पनि उपचार सेवा ठप्प भएकाले यसको विरोध गर्नुपरेको बताएका छन् । बीपीको शुद्धीकरणको माग गर्दै आन्दोलनरत संयुक्त संघर्ष समितिका संयोजक डा. एसपी रिमालले राजनीतिक दलले सोमवार प्रतिष्ठानमा गरेको प्रदर्शन र ताला फुटाएको घटना निन्दनीय भएको बताएका छन् । ‘चरम लापरबाही र बेथितिले प्रतिष्ठान धराशयी भइरहेको बेला राजनीतिक दलले खबरदारी गर्नुपर्नेमा यसरी प्रतिरोधमा उत्रनु दुःखद छ,’ उनले भने । यद्यपि प्रतिष्ठान सुधारको समाधान नआएसम्म आपूmहरूको आन्दोलन नरोकिने उनले बताए । प्रतिष्ठान सुधारका सम्बन्धमा यसअघि भएका सहमति र सम्झौता कार्यान्वयन नभएकाले दबाबस्वरूप ओपीडी सेवा ठप्प पार्नुपरेको आन्दोलनरत समितिले बताएको छ । चिकित्सकहरूले सोमवार उपकुलपति कार्यालय परिसरमा केही बिरामीको स्वास्थ्य परीक्षण भने गरेका थिए । यसैबीच, प्रतिष्ठानका सहायक निर्देशक र नायब अस्पताल निर्देशकले पदबाट राजीनामा दिएका छन् । दुईवर्षे कार्यकालका लागि नियुक्ति भएका नायब अस्पताल निर्देशक डा. दिव्यराज मिश्र र सहायक निर्देशक डा. प्रमोद बरालले राजीनामा दिएका हुन् । डा. मिश्रले सोमवार राजीनामा दिएका हुन् भने डा. बरालले १० दिनअघि राजीनामापत्र बुझाइसकेका छन् । राजीनामापत्रमा आफ्नो व्यस्तताको कारण देखाइए पनि काम गर्न सक्ने वातावरण नभएकाले राजीनामा दिएको बुझिएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. चूणामणि पोखरेलले दुवैजनाले राजनिामा दिएको पुष्टि गरे । उनीहरूको राजीनामापत्र स्वीकृत भए÷नभएकोमा विषयमा भने आफू अनभिज्ञ रहेको उनको भनाइ छ ।

बीपी प्रतिष्ठान : रजिस्ट्रारको राजीनामापछि अन्य पदाधिकारी दबाबमा

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार मोहनचन्द्र रेग्मीले गत शुक्रबार राजीनामा दिएपछि उपकुलपति ज्ञानेन्द्र गिरि, शिक्षाध्यक्ष गुरु खनाल र अस्पताल निर्देशक गौरीशंकर साह यति बेला नैतिक दबाबमा परेका छन् । प्रतिष्ठान शुद्धीकरण अभियान, संयुक्त संघर्ष समितिले चारै पदाधिकारीको कार्यकक्षमा तालाबन्दी जारी राख्दै दुई महिनाअघि नै राजीनामा माग गर्दै आएको बेला रजिस्ट्रार रेग्मीले राजीनामा दिएका हुन् । उता ६ जना सिनेटरहरूले पनि राजीनामा दिएर मार्गप्रशस्त नगर्ने पदाधिकारीलाई कारबाही माग गर्दै कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई गत बिहीबार नै निवेदन दिएका छन् ।

बीपीमा अख्तियारको छापा : खरीद तथा निर्माणसम्बन्धी फाइल नियन्त्रणमा

धरान (अस) । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार र अनियमितताको विषय चर्को रूपमा उठ्नान हुन थालेपछि अख्तियारको चासो बढेको छ । उक्त विषयमा छानबिन अघि बढाउने पहलस्वरूप अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय सहित क्षेत्रीय कार्यालय इटहरीको टोलीले विहीबार प्रतिष्ठानमा छापा मारेको छ । अख्तियारको केन्द्रीय कार्यालयबाट एसएसपी टेकबहादुर तामाङको नेतृत्वमा पाँचजना तथा इटहरीस्थित क्षेत्रीय कार्यालयको समन्वयमा दुई जनासहित सातसदस्यीय टोली प्रतिष्ठान आएको हो । टोलीले खरीद तथा निर्माणसँग सम्बन्धित फाइल नियन्त्रणमा लिएको छ भने विभिन्न शाखा तथा महाशाखा प्रमुखहरूसँग सोधपुछ गरेको छ । प्रतिष्ठानमा भएका खरीद, निर्माण तथा विद्युत् आपूर्ति लगायत विषयमा छानबिन शुरू गरिएको एसएसपी तामाङले बताए । प्रतिष्ठानका प्रमुख चार पदाधिकारीले काम सम्हालेपछि अनियमितता एवं भ्रष्टाचार बढेको तथा अन्य पदाधिकारीले समेत प्रतिष्ठान चुस्त दुरुस्त सञ्चालन गर्न नसकेको भन्दै सम्बद्ध चिकित्सक तथा कर्मचारीले आन्दोलन गरेकाले पनि अख्तियारको ध्यान केन्द्रित भएको बताइएको छ । बीपी प्रतिष्ठान शुद्धीकरणका लागि कर्मचारी, चिकित्सक, विद्यार्थी, विभिन्न फ्याकल्टी, नर्स लगायतको संयुक्त आन्दोलन अहिले पनि जारी छ । प्रतिष्ठानमा उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक डा. गौरीशंकर साहले नियमविपरित विभिन्न उपकरण खरीद तथा आफूखुशी क्वार्टर मर्मतको नाममा खर्च गरेको लगायत विषयमा समेत टोलीले छानबिन गर्ने अख्तियार स्रोतले बताएको छ ।

कमाउन लाग्दा बीपीमा ‘बेथिति’

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र भइरहेको बेथितिविरुद्ध संयुक्त संघर्ष समितिद्वारा सञ्चालित बीपी प्रतिष्ठान सुदृढीकरण अभियानप्रति पूर्वपदाधिकारीले ऐक्यबद्धता जनाएका छन् । प्रतिष्ठान स्थापना हुँदाका निर्देशक प्रा.डा. मदन उपाध्याय, उनीपछिका निर्देशक डा. सुन्दरमणि दीक्षित, प्रतिष्ठानको प्रथम उपकुलपति डा. शेखर कोइराला र निमित्त उपकुलपति भएकी प्रा. डा. रूपासिंह राजभण्डारीले मंगलबार विज्ञप्तिमार्फत ऐक्यबद्धता जनाएका हुन् ।

बीपी प्रतिष्ठान : पदाधिकारीले डुबाए, सरकार रमिते

२२ असार, धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग गर्दै कर्मचारी, चिकित्सक, प्राध्यापक, विद्यार्थी र नागरिक समाजले आन्दोलन शुरु गरेको २२ दिन भयो । उनीहरुले हरेक दिन बिहान ८ देखि १० बजेसम्म प्रतिष्ठान परिसरमा प्रदर्शन गर्दै आएका छन् । २२ दिनयता उपकुलपति सहित चार जना पदाधिकारीको बहिर्गमनलाई बटमलाइन बनाएको टोलीले वार्ता र प्रतिष्ठानभित्रको […]

बीपी प्रतिष्ठान बचाउन माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउन माग गर्दै कर्मचारीहरुले थालेको आन्दोलनको समर्थनमा नागरिक समाजले काठमाडौँमा प्रदर्शन गरेको छ। आइतबार दिउँसो माइतीघर मण्डलामा विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर प्रतिष्ठान बचाउन माग गर्दै नागरिक समाजले प्रदर्शन गरेको हो। पछिल्लो समय उपकुलपति लगायत प्रतिष्ठानका पदाधिकारीहरुले नै अनियमितता गरेको आरोप लगाउँदै उनीहरुको नेतृत्वमा काम गर्न नसक्ने भन्दै […]

दुई जना उपकुलपति भएपछि बीपी प्रतिष्ठान धरानमा विवाद

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना उपकुलपति भएपछि कसले काम गर्ने भन्ने विवाद देखिएको छ।