बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र भइरहेको बेथितिविरुद्ध संयुक्त संघर्ष समितिद्वारा सञ्चालित बीपी प्रतिष्ठान सुदृढीकरण अभियानप्रति पूर्वपदाधिकारीले ऐक्यबद्धता जनाएका छन् । प्रतिष्ठान स्थापना हुँदाका निर्देशक प्रा.डा. मदन उपाध्याय, उनीपछिका निर्देशक डा. सुन्दरमणि दीक्षित, प्रतिष्ठानको प्रथम उपकुलपति डा. शेखर कोइराला र निमित्त उपकुलपति भएकी प्रा. डा. रूपासिंह राजभण्डारीले मंगलबार विज्ञप्तिमार्फत ऐक्यबद्धता जनाएका हुन् ।