बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आम्दानीको ८० प्रतिशत राजस्व रकम चुहावट भइरहेको उपकुलपति डा. ज्ञानेन्द्र गिरीले दाबी गरेका छन् । उनले पछिल्लो समयमा चुहावट हुन नसकेर रहेको २० प्रतिशत आम्दानीले मात्र थेगिरहेको बताए । प्रतिष्ठानको राजस्व चुहावट गरेर पतन गराउन मेडिकल माफियाहरू नै लागेको पनि डा. गिरीले बताए ।