बीपी प्रतिष्ठानका उपकुलपतिलाई कार्यकक्ष प्रवेशमा रोक

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीलाई कार्यकक्ष प्रवेशमा रोक लगाइएको छ । बिहीबार बिहान करिव ९ बजे उनी उपकुलपति परिसर हुँदै कार्यकक्षमा प्रवेश गर्न खोज्दा बीपी प्रतिष्ठान शुद्धीकरण अभियान संयुक्त संघर्ष समितिले कार्यकक्ष प्रवेशमा रोक लगाएका हुन् ।