काठमाण्डौ - कोरोना भाइरसविरुद्धको खोपको एउटै डोजले पनि सङ्क्रमण दरलाई आधासम्म घटाउन सक्ने अध्ययनले देखाएको छ ।
फाइजर वा एस्ट्राजेनेका खोपको पहिलो मात्रा दिइएका र त्यसको तीन हप्तापछि सङ्क्रमित भएका व्यक्तिले खोप नलगाएका व्यक्तिलाई भाइरस सार्ने सम्भावना ३८ देखि ४९ प्रतिशतसम्म कम रहने पब्लिक हेल्थ इङ्ग्ल्याण्ड पीएचईले जनाएको छ ।
खोप लगाएको लगभग १४ दिनपछि त्यसले दिने सुरक्षामाथि गरिएको अध्ययनले यस्तो निष्कर्ष निकालेको बीबीसीले जनाएको छ । पीएचईका अनुसार दुईमध्ये कुनै एक खोप लगाएको व्यक्तिलाई पहिलो मात्रा खोप लिएको चार हप्ता...