अग्रपंक्तिमा खटिनेलाई आजदेखि कोरोना खोपको बुस्टर डोज

काठमाडौँ – कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा आइतबारदेखि दिइने भएको छ। यसअघि कोरोना भाइरसविरुद्धको खोप लगाएका अग्रपंक्तिमा खटिने व्यक्तिलाई खोपको थप मात्रा दिन लागिएको हो। स्वास्थ्य सेवा विभागकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतका अनुसार अग्रपंक्तिमा खटिने र ६० वर्षदेखि माथिका नागरिकहरुलाई बुस्टर मात्रा दिन लागिएको हो। माघ १४ गतेसम्म बूस्टर मात्रा दिइने विभागले जनाएको छ। माघको […]

सम्बन्धित सामग्री

काठमाडौँमा ‘बुस्टर डोज’ अभियान सञ्चालन

काठमाडौँ – जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौँले कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरेको छ । स्वास्थ्य कार्यालयका सूचना अधिकारी अञ्जना खड्का कोरोना भाइरसविरुद्धको बुस्टर डोज लगाउन बाँकी रहेकालाई अभियान सञ्चालन गरिएको जानकारी दिए । यही भदौ ५ गतेदेखि भदौ ११ गतेसम्म १२ वर्षदेखि माथिका सबैलाई पहिलो, दोस्रो मात्राका साथै पहिलो बुस्टर डोज र दोस्रो बुस्टर डोज […]

रुकुम (पूर्व) मा एक हजार चार सयलाई बुस्टर डोज

रुकुम (पूर्व) मा एक हजार चार सय जनाले कोरोना भाइरसविरुद्धको बुस्टर डोज लगाएका छन् ।  जिल्लामा यही माघ १० गतेदेखि बुस्टर डोज लगाउन सुरु गरिएको हो । रुकुम (पूर्व) का सूचना अधिकारी एवं कोरोना रोग नियन्त्रण फोकल पर्सन निमप्रसाद गिरीका अनुसार सिस्ने गाउँपालिकामा सबैभन्दा बढी एक हजार २४ जनले बुस्टर डोज लगाएका छन् ।भूमे गाउँपालिकामा २०८ र पुथाउत्तरगङ्गा गाउँपालिकामा १६४ जनाले बुस्टर डोज लगाएका छन् । सिस्ने गाउँपालिकामा  स्वास्थ्य कार्यालय, भूमे र पुथाउत्तरगङ्गामा गाउँपालिकाको कार्यालयबाट खोप

गुल्मीमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउन शुरू

१७ माघ,गुल्मी। गुल्मीमा कोरोना विरुद्धको बुस्टर डोज लगाउन शुरू गरिएको छ। बुस्टर डोज प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बुस्टर डोज लगाएर कार्यक्रमको शुभारम्भ गरेका थिए। बुस्टर डोज पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी लगायत अग्रमोर्चामा रहेर काम गर्ने लक्षित वर्गलाई दिइने भएको छ। त्यसलगत्तै ६२ वर्ष भन्दा माथिकालाई लगाउने लक्ष्य लिइएको छ। […]

ज्येष्ठ नागरिकलाई ‘बुस्टर’ डोज

सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ डोज दिन थालेको छ।

ताप्लेजुङमा कोरोना विरुद्धको बुस्टर डोज लगाउने तयारी

ताप्लेजुङमा शनिवारदेखि कोरोना विरुद्धको कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुस्टर डोज लगाइने भएको छ । कोभिशिल्ड खोप लगाएको ६ महिना समय पुगेकालाई बुस्टर डोज दिन लागिएको हो । जिल्लामा ६० वर्षभन्दा माथि उमेर समूहका, दीर्घरोगी, अग्रपंक्तिमा खटिने र सामाजिक कार्यमा अग्रसर हुनेलाइ प्राथमिकता दिएर बुस्टर डोज लगाउने तयारी भएको जिल्ला खोप अनुगमन तथा व्यवस्थापन समितिले जनाएको छ । नगरपालिका–४ वडा कार्यालय र तोक्मेडाँडामा प्रत्येक शनिवार नियमित खोप सञ्चालन गर्ने र खोप केन्द्रहरूमार्फत बुस्टर ...

अहिलेसम्म कति जनाले लगाए बुस्टर डोज ?

देशभर ११ हजार २ सय ४७ जनाले कोरोना भाइरसविरुद्धको बुस्टर डोज लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अग्रपंक्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र ६० वर्षमाथिका नागरिकलाई बुस्टर डोज दिन शुरू गरिएको छ । मन्त्रालयका अनुसार बुधबारसम्म ११ हजार २ सय ४७ जनाले कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) लगाइसकेका छन् । २ माघदेखि सरकारले देशभर अग्रपंक्तिमा खटिनेहरूका लागि बुस्टर डोज अभियान शुरू गरेको हो । कोरोना भाइरसविरुद्धको दुवै डोज लगाइसकेकाहरूको ६ महिना पूरा अवधि पुगेकाहरूका लागि कोरोना...

ललितपुर महानगरपालिकाले भोलिदेखि कोरोना विरुद्धको बुस्टर डोज खोप दिने

ललितपुर – ललितपुर महानगरपालिकाले भोलिदेखि कोरोना विरुद्धको बुस्टर डोज खोप दिने जनाएको छ । महानगरपालिकाले सूचना जारी गर्दै  ८ वटा अस्पतालबाट बुस्टर डोज खोप दिने जानकारी दिएको हो ।  माघ ६ गतेसम्म सञ्चालन हुने बुस्टर डोज खोप अभियानमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव–वाहन चालक, महिला स्वयंसेवक लगायतलाई बुस्टर डोज खोप दिइने महानगरपालिकाले जनाएको छ ।  यस्तै सार्वजनिक क्षेत्र (सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने सङ्घसंस्था, ब...

आज यी स्थानमा बुस्टर डोज पाइने

काठमाडौ, ३ माघ । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि सरकारले काठमाडौंमा आजदेखि बुस्टर डोज लगाउने भएको छ । बुस्टर डोज लगाउनका लागि यसअघि कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाएको कम्तिमा ६ महिना पूरा गरेको हुनुपर्ने छ । यसअघि जुन खोप लगाइएको थियो बुस्टर पनि सोही खोपको मात्रा लगाउनु पर्ने छ । बुस्टर डोज पहिलो […]

काठमाडौँमा आजदेखि बुस्टर डोज : कहाँ–कहाँबाट पाइन्छ ?

कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा सरकारले बुस्टर डोज लगाउन सुरु गर्ने निर्णय गरेको छ । आइतबारबाटै लगाउने भनिएको भएपनि काठमाडौँमा सोमबारबाट बुस्टर डोज लगाउन थालिने जनाइएको छ । बुस्टर डोज पहिलो चरणमा अग्रपंक्तिमा खटिनेहरुका लागि उपलब्ध हुने सरकारले जनाएको छ । सोमबारबाट  काठमाडौंका १७ स्थानमा लगाउन जनाइएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार अहिले खोप सञ्चालन भइरहेका काठमाडौं जिल्लाभित्रका १७ खोप केन्द्रबाट बुस्टर डोज लगाउन सकिने छ । जिल्ला खोप व्यवस्थापन एवं समन्वय समितिको बैठकले स

नेपालमा पनि आजदेखि कोरोना खोपको बुस्टर डोज दिंईदै

काठमाडौं । नेपालमा पनि आजदेखि कोरोना खोपको बुस्टर डोज दिन सुरु गरिंदैछ । कोरोना खोपको दुवै डोज लगाएको तीन महिना पूरा गरेकाहरुलाई प्राथमिकताका आधारमा तेस्रो डोज खोप लगाउन थालिएको हो । राष्ट्रिय खोप सल्लाहकार समितिले तोकेको सिफारिसमा परेका समूहलाई पहिलो चरणमा बुस्टर डोज दिइने छ । मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोध क्षमता कम भएका, […]