‘कर्णालीका सबै नागरिकलाई कोरोना खोपको व्यवस्था हुन्छ’

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले कर्णालीका हरेक नागरिकलाई कोरोना खोपको व्यवस्थापन गर्ने बताउनुभएको छ । संवाद समूहद्वारा वीरेन्द्रनगरमा कर्णालीमा कोरोनाको अवस्था र तयारीका विषयमा गरिएको अन्तक्र्रियामा सबै नागरिकलाई कोरोना खोपको व्यवस्था प्रदेश सरकारले गर्ने बताएका छन् । औषधि र जनशक्तिको अभावमा कर्णालीका नागरिकले सेवाबाट वञ्चित नहुने जनाउँदै मन्त्री बुढाक्षेत्रीले सबैभन्दा पहिला नागरिकलाई बचाउनु सरकारको कर्तव्य भएकाले ध्यान नागरिकको स्वास्थ्यमा केन्द्रित भएको बताए ।ज

सम्बन्धित सामग्री

कोरिया जाने नागरिकलाई कोरोना विरुद्धको खोप दिइने

काठमाडौँ । सरकारले दक्षिण कोरिया जाने नागरिकलाई कोरोना भाइरस विरुद्धको खोपको व्यवस्था गर्ने भएको छ। स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै रोजगारी वा अन्य सिलसिलामा दक्षिण कोरिया जाने नेपालीलाई खोपको व्यवस्था गर्ने जनाएको हो। मन्त्रालयका अनुसार काठमाडौँको प्रहरी अस्पताल महाराजगन्ज र सैनिक अस्पताल छाउनीमा जोनसोन एण्ड जोनसोन खोपको व्यवस्था गरिएको छ। खोप लगाउन जाँदा जनस्वास्थ्यको मापदण्ड […]

तीस दिनभित्र कोरोना खोपको व्यवस्था गर्न पर्यटन व्यवसायीको माग

काठमाडौं।पर्यटनसँग सम्बन्धित विभिन्न संगठनले पर्यटकीय गन्तव्यमा अग्रपंक्तिमा खटिएका व्यवसायी, कामदार एवं कर्मचारीलाई ३० दिनभित्र कोरोना खोपको व्यवस्था गर्न माग गरेका छन्।संयुक्त विज्ञप्ति जारी गरी उनीहरुले कोरोनाका कारण थला परेको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्न यथाशीघ्र सबै नागरिकलाई खोप उपलब्ध गराउन माग गरेका हुन्। उनीहरुले विश्व पर्यटन क्षेत्रमा विश्वसनीय वातावरणका लागि पहल गरी सम्पूर्ण पर्यटकीय क्षेत्र खुला गर्न समेत माग गरेका छन्।

‘सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउँछाैँ’

काठमाडौं, १६ साउन । सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन दाबी गरेका छन् । आज (शनिबार) काठमाडौँको त्रिपुरेश्वरमा स्थापना गरिएको ‘नवरत्न आयुर हेल्थ केयर एण्ड रिसर्च सेन्टर’को उद्घाटन गर्दै उनले जहाँबाट ल्याएर भएपनि आम जनतालाई कोरोना खोपको व्यवस्था गर्न सरकार प्रतिवद्ध भएर लागि परेको बताएका हुन् । […]

'जहाँबाट ल्याएर भए पनि जनतालाई खोपको व्यवस्था गर्न सरकार प्रतिबद्ध'

सत्तारुढ दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सम्पूर्ण शक्ति परिचालन गरेको दाबी गरेका छन् । उपसभापति निधिले जहाँबाट ल्याएर भए पनि आम जनतालाई कोरोना खोपको व्यवस्था गर्न सरकार प्रतिबद्ध भएर लागि परेको बताएका हुन् ।शनिबार काठमाडाैँको त्रिपुरेश्वरमा स्थापना गरिएको ‘नवरत्न आयुर हेल्थ केयर एण्ड रिसर्च सेन्टर’को उद्घाटन गर्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कोरोना विरुद्धको खोपलाई बढी प्राथम

खोपको व्यवस्था गर्न सरकारलाई ध्यानाकर्षण

चिकित्सकहरूले १४ वर्षभन्दा माथिका सबैै नागरिकलाई तत्काल कोरोनाविरुद्ध खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।नागरिक समाजका अगुवा एवम् वरिष्ठ चिकित्सक डाक्टर सुन्दरमणि दीक्षित, चिकित्सक वासुदेव पाण्डे, चिकित्सक सागर भण्डारीले कोरोना महामारीले भयावह अवस्था निम्त्याउन सक्ने खतरा रहेकाले तत्काल सबै नागरिकलाई कोरोना विरुद्धको खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा […]

‘१४ वर्षभन्दा माथिका सबैै नागरिकलाई खोप देउ’

चिकित्सकहरुले १४ वर्षभन्दा माथिका सबैै नागरिकलाई तत्काल कोरोनाविरुद्ध खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । नागरिक समाजका अगुवा एवम् वरिष्ठ चिकित्सक डाक्टर सुन्दरमणि दीक्षित, चिकित्सक वासुदेव पाण्डे, चिकित्सक सागर भण्डारीले कोरोना महामारीले भयावह अवस्था निम्त्याउन सक्ने खतरा रहेकोले तत्काल सबै नागरिकलाई कोरोना विरुद्धको खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ चिकित्सक दीक्षितले १४ वर्ष माथिको उमेरका सबै नागरिकलाई कोरोना विरुद्धको खोपको आवश्यक व्यवस्था तत्का...

सबै नागरिकलाई कोरोना विरुद्धको खोप दिन्छौँ : यज्ञबहादुर बुढाक्षेत्री

सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाइने बताएका छन् । संवाद समूहले यहाँ आयोजना गरेको ‘कर्णालीमा कोरोनाको अवस्था र तयारी विषयक अन्तर्क्रियामा सबै नागरिकलाई खोपको व्यवस्था प्रदेश सरकारले गर्ने उनले जानकारी दिए । औषधि र जनशक्तिको अभावमा नागरिक सेवा लिनबाट वञ्चित हुन नपरोस् भन्दै मन्त्री बुढाक्षेत्रीले नागरिकलाई […]

‘कर्णालीका सबै नागरिकलाई कोरोना खोपको व्यवस्था हुन्छ’

कर्णली । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले कर्णालीका हरेक नागरिकलाई कोरोना खोपको व्यवस्थापन गर्ने बताएका छन् । संवाद समूहद्वारा वीरेन्द्रनगरमा कर्णालीमा कोरोनाको अवस्था र तयारीका विषयमा गरिएको अन्तक्र्रियामा सबै नागरिकलाई कोरोना खोपको व्यवस्था प्रदेश सरकारले गर्ने बताएका हुन् ।

खोपको वितरण विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार : स्वास्थ्य मन्त्रालय

राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरस रोकथाम र नियन्त्रणका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पदाधिकारीसँग छलफल गरेको छ । कोभिड–१९ विरुद्धको खोपमा नागरिकको पहुँचको अवस्था, खोप कार्यक्रमको प्रगति तथा समग्रमा यसको रोकथाम तयारी र चुनौती सम्बन्धमा जानकारी लिने उद्देश्यले सोमबार छलफल गरिएको हो । आयोगका अध्यक्ष तपबहादुर मगरले पहिलो खोप लगाएका नागरिकलाई दोस्रो खोपको व्यवस्था […]