काठमाडौं : ३ वर्षअघि महामारीकै रूप लिएको डेंगु यस वर्ष पनि ७५ जिल्लामा फैलिसकेको छ। गत असारदेखि बढ्न थालेको डेंगु संक्रमणले अस्पतालमा बिरामीको चाप बढ्दो छ। रुपन्देही, काठमाडौँ र ललितपुरमा निकै उच्च दरमा डेंगु संक्रमण फैलिरहेको छ।हाल ललितपुर काठमाडौं लगायत देशभर ७५ जिल्लामा तिव्र रुपमा देखिएको डेंगु संक्रमणको विवरणले महामारीको संकेत देखाइ रहेको छ। तर सरकारले १८ वर्षदेखि डेंगु नियन्यत्रको लागि भन्दै बजेट छुट्याउने गरेको भए पनि पछिल्लो केही वर्षको विवरण हेर्दा सरकारले डेंगु नियन्त्रणमा असफल भए