नेपालगञ्ज – नेपालगञ्जमा डेंगुका विरामी देखा परेपछि लार्भा मार्ने अभियान सुरु गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिकामा चार जनामा डेंगु देखिएको छ। गणेशपुरमा कतै नगएका व्यक्तिलाई डेंगु देखिएपछि बसपार्क क्षेत्रबाट लार्भा मार्ने अभियान थालिएको हो। नेपालगञ्ज उपमहानगरपालिका -४ स्वास्थ्य कार्यालयको टोलीले डेंगु सार्ने एडिस जातको लामखुट्टे बस्ने टीनका डब्बा, प्लाष्टिकका बोत्तल, टायर, सिसी, ड्रममा जमेको पानी फाल्न […]