लामखुट्टे मार्ने लामहातेलाई टिकट उपहार

खल्तीभरि चुनावी टिकट बोकेर जोखाना हेरिरहेका बडानेताले एकाएक अनुहार उज्यालो बनाए । सिट भागबन्डाको खेस्रा केरमेट गरेर बिरूप भएको कागजको पन्नालाई डल्लो पारेर मिल्काए । अनि यताउता हेरेर भने, ‘ल मलाई एउटा आइडिया फुर्यो ।’‘कस्तो आइडिया ?’ छेउमै बसेका अर्का नेताले सोधे ।‘चुनावमा टिकट बाँड्ने आइडिया । ल सुन, अहिले लामखुट्टेले टोकेर धेरैलाई डेङ्गी भएको छ । हाम्रो मात्र टोकाइ र डसाइबाट त जनता त्यति आत्तिएका थिएनन् । तर लामखुट्टेको टोकाइ सहन नसकेर अत्तालिएका छन् । लामखुट्टे मार्न छाडेर सिट भागबन्ड...