वीरगञ्ज महानगरपालिकाको लामखुट्टे नियन्त्रण अभियान शुरु

कात्तिक ७, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि लामखुट्टेको लार्भा मार्ने अभियान शुरु गरेको छ ।  जाडो मौसम शुरु भएसँगै वीरगन्ज महानगरपालिकामा लामखुट्टे बढेपछि सो अभियान थालिएको नगर प्रमुख विजयकुमार सराावगीले बताए ।  महानगरपालिका क्षेत्रमा लामखुट्टे बढेर नगरवासीलाई सास्ती भएपछि महानगरपालिकाले कात्तिक २ गतेदेखि अभियान शुरु गरेको उनले जानकारी दिए ।  महानगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९ र १२ मा  लार्भा मार्ने ब्लिचिङ पाउडर छरेको छ । नाला र खाल्डाखुल्डीमा जमेको पानीमा लामखुट्टेको लार्भा मार्ने ब्लिचिङ पाउडर छर्ने कार्य निरन्तर जारी राख्ने महानगरपालिकाले बताएको छ । 

सम्बन्धित सामग्री

वीरगञ्जमा आगलागी, १ घर जलेर नष्ट

२५ साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२८, वगहीमा आगलागी हुँदा एक घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । स्थानीय बद्री महतोको घर आगलागीबाट जलेर पूर्णरुपमा नष्ट भएको हो । लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्किएर आगलागी भएको अनुमान गरिएको छ । आगलागीबाट एउटा भैंसी, ५ वटा बाख्रा, ४ लाख बराबरको टेन्टको समान, …