कामना सेवा विकास बैंकले थप ३ स्थानमा शाखारहित बैंकिङ सेवा आरम्भ गरेको छ । रूपन्देहीको देवदह नगरपालिका-८, अर्घाखाँचीको शितगंगा नगरपालिका-२ सीतापुर र लमजुङको मध्य नेपाल नगरपालिका-७ रामबजारमा बैंकले शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । देशका विभिन्न स्थानहरूमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यले बैंकले सेवा विस्तार गरेको जनाएको छ ।देवदह नगरपालिकामा देवदह मोबाइल एण्ड कम्प्युटर, शितगंगा नगरपालिकामा सचिन मोबाइल सेन्टर र मध्यनेपाल नगरपालिकामा इशानेश्वर इल