जापानमा घरपालुवा कुकुर र बिरालो विक्रेताहरुमा अनिवार्य रुपमा इलेक्ट्रोनिक माइक्रो चिप लगाउनुपर्ने भएको छ । यसबाट ती पशु हराएमा खोजी गर्न सजिलो हुनेछ । र मालिकले कतै छाडिदिएमा पुनः उनीहरुकै जिम्मा लगाउन सहज हुनेछ । तीन वर्षअघि नै जापानको संसदले पशु कल्याण एवं प्रबन्ध सम्बन्धी कानुनमा घरपालुवा कुकुर र बिरालोको सुरक्षाका लागि यस्तो व्यवस्था गर्नुपर्ने …