पर्साको मिर्जापुरमा झडप, तीन जना घाइते, प्रहरीद्वारा एक दर्जन हवाई फायर

वीरगन्ज । स्थानीय तह निर्वाचनअन्तर्गत पर्साको छिपहरमाई गाउँपालिका–१, मिर्जापुरस्थित मतदानस्थलमा आज झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ । नेकपा (एमाले)का तर्फबाट उक्त गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार मनोजकुमार गुप्ता र नेपाली काँग्रेसबाट अध्यक्षका उम्मेदवार नवीन सिंहका समर्थकहरूबीच विवाद हुँदा झडप भएको बताइएको छ । झडपका क्रममा ती नजना घाइते भएका छन् । झडपका कारण त्यहाँको […]

सम्बन्धित सामग्री

हुम्लामा झडप हुँदा सहायक मतदान अधिकृतसहित दुई जना घाइते

हुम्लाको सर्केगाडमा गाउँपालिका–३ मा झडप भएको छ । सर्केगाडको देवकोटा आधारभूत विद्यालय उनापानी मतदानस्थलमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।झडपमा परेर सहायक मतदान अधिकृत प्रेम भण्डारी र सेनाका हुद्दा अर्जुन उपरकोटी सामान्य घाइते भएका हुम्लाका डीएसपी हेरम्ब शर्माले रातोपाटीलाई बताए ।सत्ता गठबन्धनका उम्मेदवार कार्चेन लामा र स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीका कार्यकर्ताहरुबीच विवाद हुँदा झडपको अवस्था आएको थियो । झडपका कारण स्थगित मतदान सुरु भएको डिएसपी शर्मा

म्याद गुज्रिएको अश्रुग्यासका कारण सास्ती भोग्दै प्रहरी, १० जना घाइते

काठमाडौँ- बाराको त्रिवेणी स्पिनिङ मिल्समा बिहीबार प्रहरी र मजदुरबीच झडप हुँदा प्रहरी नायब उपरीक्षकसहित १० जना घाइते भएका छन् । झडप नियन्त्रण गर्न प्रहरीले एक राउण्ड हवाई फायर गर्नुको साथै ३४ राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो । तर म्याद गुज्रिएको अश्रुग्यासको प्रयोगका कारण प्रहरीले धेरै क्षति भोग्नुपरेको छ। अश्रुग्यासको म्याद गुज्रिएको जानकारी आफूले पाएको […]

दैलेखको गुराँस गाउँपालिकामा गोली चल्दा ७ जना घाइते

दैलेख : दैलेखको गुराँस गाउँपालिकामा प्रहरीले गोली चलाएको छ। गाउँपालिकाले करार कर्मचारी हटाउने विषयमा विवाद भएपछि प्रहरीले गोली चलाएको हो।दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलका अनुसार गाउँपालिकाले करार कर्मचारी हटाएको विषयमा विवाद हुँदा प्रहरीले ३ राउन्ड हवाई फायर गर्नु परेको बताए।आन्दोलनकारीको आक्रमणबाट गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीसहित ७ जना सुरक्षाकर्मी घाइते भएका प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताएका छन्। आन्दोलनकारीले ढुङ्गामुढा गरेपछि घाइते भएका ७ जना सुरक्ष

धनौजी गाउँपालिकाको मतगणनाका क्रममा विवाद : ८ प्रहरी घाइते, ३१ राउण्ड हवाई फायर

जनकपुरधाम : धनुषाको धनौजी गाउँपालिका वडा नम्बर १ को मतगणना स्थलमा विवादपछि झडप हुँदा ६ जना नेपाल प्रहरी र दुई जना म्यादी गरी ८ जना घाइते भएका छन्। मतगणना जारी रहेको बेला खसेको मतभन्दा करिब १५ वटा मतपत्र बढ़ी भेटिएको भन्दै विभिन्न दलका नेता कार्यकर्ताहरुले गरेको विरोधले उग्र रूप लिन…

उदयपुरको कटारीमा गोली चल्यो, २ जना घाइते

३० वैशाख, कटारी । उदयपुरको कटारी नगरपालिका- १० मा प्रहरीले ८ राउण्ड हवाई फायर गरेको छ । जनता कालिका माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदानको समय सकिएपछि विवाद हुदा प्रहरीले ८ राउण्ड हवाई फायर गरेको हो । प्रहरीले चलाएको गोली लागेर २ जना घाइते भएका छन् । मतदान सकिएपछि बुथमा विवाद हुदा प्रहरीले हवाई फायर गरेको […]

सर्लाहीमा काँग्रेस अधिवेशन: हिजो हवाई फायर, आज झडप, निर्वाचन अधिकृतसहित ५ घाइते

सर्लाही जिल्लामा नेपाली काँग्रेसको वडा अधिवेशन क्रममा आज पनि विवाद भएको छ । गोली चलेको एक दिन नबित्दै पुनः वडा अधिवेशनकै क्रममा भएको विवादले उग्र रूप लिएपछि झडप भएको हो । सो झडपमा परी मतदान अधिकृत सहित ५ जना घाइते भएका छन् । सर्लाहीको निर्वाचन क्षेत्र ४ स्थित बलरा नगरपालिका वडा नम्बर ८ वडा अधिवेशन गराउन पुगेका मतदान अधिकृत उमेशचन्द्र झामाथि आक्रमण भएपछि प्रहरीसँग झडप भएको थियो । सो झडपको क्रममा ५ जना घाइते भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले जानकारी दिए । वडा अधिवेशनकै क्र

वनको विषयमा स्थानीय र प्रहरीबीच झडप : प्रहरीद्वारा हवाई फायर, १० जना घाइते

उदयपुर : उदयपुरको बेलका नगरपालिकामा कबुलियती वनको विषयमा स्थानीय र प्रहरीबीच झडप भएको छ।नेपाल सरकारले जेठ ६ गते बेलका नगरपालिका-३ स्थित कोशीटप्पुको करिब १७६ दशमलव २३ हेक्टरमा कबुलियती वन बनाउने निर्णय गरेसँगै स्थानीय आन्दोलित भएका छन्। कबुलियती वन ठेक्का लिने बराह हर्बल एण्ड एग्रो प्रालि.सुनसरीका संचालक निलहरि काफ्लेले स्थानीयलाई उठाउने प्रयास गरेपछि स्थानीयहरू नगरपालिका घेर्न आएका थिए।घेर्न आएका आन्दोलनकारीले बेलका नगरपालिकामा ढुंगामुढा गर्न थालेपछि प्रहरीले २५ राउण्ड अश्रु ग्यास प्रहार गर

कैलालीको लम्कीमा गोली चल्यो, दुई जना घाइते

काठमाडौं । कैलालीको लम्कीमा प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् । मंगलबार बिहान बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि स्थानीयले गरेको प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरेको हो । स्थानीयले शव सडकमा राखेर गरेको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाएको हो । गोली लागेर २५ वर्षीय कृष्ण प्याकुरेल र १८ वर्षीय दीपक सञ्जेल घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगन्ज पठाइएको प्रहरीदे जनाएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्की चोकमा ना ६ ख ८८३३ नम्बरको बसले ठक्कर दिँदा स्थानीय पैदल यात्री २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो । मृतकका आफन्त र स्थानीयले अस्पतालबाट शव निकालेर सडकमा लगेका थिए । सुरुमा चोकमा प्रदर्शन गरेका स्थानीय पछि इलाका प्रहरी कार्यालयमै प्रवेश गरेको र प्रहरीलाई नै तानेर घिसार्न थालेपछि स्थिति तनाबग्रस्त बनेको प्रहरीको दाबी छ । प्रहरीका अनुसार चोकमा प्रदर्शन भइरहेको अवस्थामै प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । तर, उनीहरु प्रहरी कार्यालय नै घेराउ गर्न अगाडि बढेपछि प्रहरीले सुरुमा हवाई फायर गरेको र त्यसपछि पनि स्थिति नियन्त्रणमा नआएपछि गोली नै चलाउनु परेको थियो । स्थानीयको ढुंगामुढाबाट केही प्रहरी पनि घाइते भएको प्रहरीले जनाएको छ । अहिले पनि त्यहाँ प्रदर्शन भइरहेको छ भने प्रहरीले ठक्कर दिने बस र चालकलाई नियन्त्रण लिएको छ ।