मकवानपुर – मकवानपुरको राक्सिराङमा स्थानीय बासिन्दा र प्रहरीबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । झडपमा तीन जना प्रहरी र दुई जना स्थानीय बासिन्दा घाइते भएका वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाकी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) एवं प्रवक्ता मीरा चौधरीले जानकारी दिनुभयो ।
राक्सिराङको कुपिनटारमा भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायरसमेत गरेको छ । गाँजा नस्ट गरेर फर्केको प्रहरी टोली र स्थानीय बासिन्दाबीच विवाद भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको चौधरीले बताउनुभयो ।&n...