काँग्रेस र नेकपा कार्यकर्ताबीचको झडपमा वडाध्यक्ष शाहीसहित ४ जना घाइते, अनिश्चितकालीन निषेधाज्ञा जारी

पश्चिम रुकुमको आठबिसकोट नगरपालिका-९ राडी बजारमा दुई पार्टीबीचको विवादमा भएको झडपमा सोही वडाका अध्यक्ष तारक बहादुर शाही समेत ४ जना घाइते भएका छन् । नेपाली कांग्रेस र नेकपा (प्रचण्ड–माधव समूह)का कार्यकर्ताबीच सोमबार साँझ पूर्व रिसईवीको कारण झैझगडा भएको विषयलाई लिएर मंगलबार पनि दुवैपक्षबीच झडप भएको हो । सो झडपमा वडाध्यक्ष शाही र भीड नियन्त्रण गर्ने क्रममा भीडले ढुङ्गा प्रहार गर्दा ३ जना प्रहरी कर्मचारीहरू घाइते भएका हुन् । उनीहरूको अवस्था सामान्य रहेको छ । स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फायर समेत गर...