काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघ– संस्थालाई सहयोग गर्दै आएको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको पोखरास्थित चिप्लेढुंगा शाखाले पोखरा महानगर–१९ हेम्जामा रहेको अम्बिका माध्यमिक विद्यालयलाई साइन्स ल्याबका लागि आवश्यक सामग्री सहयोगस्वरूप उपलब्ध गराएको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीको प्रयोगात्मक पढाइलाई थप प्रभावकारी बनाउन उक्त प्रयोगशालाका सामग्री वितरण गरिएको चिप्लेढुंगा शाखाका शाखा प्रबन्धक किरण घिमिरेले बताए । विज्ञान प्रयोगशालाका सामग्री विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुवास भण्डारीलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।