बन्दाबन्दीमा नेपालगंज र सुर्खेतमा अलपत्र परि शनिबारबाट हवाई मार्गबाट उद्धार गर्न सुरु गरिएका नागरिकलाई कर्णाली प्रदेश सरकारले हवाई टिकटका पचास प्रतिशत अनुदान दिने भएको छ ।
अध्ययन र उपचारका लागि जिल्ला बाहिर रहेको बेला बन्दाबन्दी सुरु भएपछि नागरिक एक महिना भन्दा बढी समय अलपत्र परेपछि राहत स्वरुप हवाई टिकटमा अनुदान दिने व्यवस्था कर्णाली प्रदेश सरकारले गरेको हो ।