बागमती प्रदेश सरकारले काठमाडौं उपत्यका बाहिरका अन्य जिल्लामा उत्पादनमुलक उद्योग खोले त्यस्तो उद्योग तथा कम्पनीलाई जग्गा खरिदमा राजस्वको ५० प्रतिशत छुट दिने भएको छ । बुधबार आगामी आर्थिक वर्ष २०७९/८० का लागि अनुमानित आय व्ययसहितको प्रादेशिक बजेट सार्वजनिक गरेको बागमती प्रदेशले यस्तो घोषणा गरेको हो ।काठमाडौं उपत्यकाभित्र सञ्चालित उत्पादनमूलक उद्योगले आफ्नो कारखाना उपत्यका बाहिरका यस प्रदेश अन्तर्गतका जिल्लाहरुमा स्थानान्तरण गर्न उद्योगका नाममा जग्गा खरिद गरेमा लाग्ने घर जग्गा रजिष्ट्रेशन शुल्कमा ५०