काठमाण्डाै - वाग्मती प्रदेश सरकारले प्रदेशमा सञ्चालनमा रहेका एक हजार वाटसम्म क्षमता भएका रेडियोहरुको नवीकरण शुल्कमा पूर्ण छुट दिने निर्णय गरेको छ । साथै रोयल्टीमा समेत ५० प्रतिशत छुट दिने भएको छ ।
वाग्मती प्रदेश मन्त्रिपरिषद्को आजको बैठकले छुट दिने निर्णय गरेको वाग्मती प्रदेश सरकारका प्रेस रजिस्टार रेवती सापकोटाले जानकारी दिनुभयो ।
यो भन्दा अगाडि रोयल्टी बापत २ प्रतिशत दिनुपर्ने भए पनि अबदेखि भने १ प्रतिशत मात्र तिरे पुग्ने छ । केही समय अगाडि स्वतन्त्र रेडियोहरुको छाता सङ्गठन ब्रोडकाष्टिङ एसोसि...