चिकित्सकहरुले १४ वर्षभन्दा माथिका सबैै नागरिकलाई तत्काल कोरोनाविरुद्ध खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
नागरिक समाजका अगुवा एवम् वरिष्ठ चिकित्सक डाक्टर सुन्दरमणि दीक्षित, चिकित्सक वासुदेव पाण्डे, चिकित्सक सागर भण्डारीले कोरोना महामारीले भयावह अवस्था निम्त्याउन सक्ने खतरा रहेकोले तत्काल सबै नागरिकलाई कोरोना विरुद्धको खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ चिकित्सक दीक्षितले १४ वर्ष माथिको उमेरका सबै नागरिकलाई कोरोना विरुद्धको खोपको आवश्यक व्यवस्था तत्का...