काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ सम्ममा सबै नागरिकलाई खोप लगाई सक्ने बताएका छन्। वीर अस्पतालको नव निर्मित सर्जिकल भवनको आज औपचारिक उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले सन् २०२१ को अन्त्य सम्ममा सबै नागरिकलाई खोप लागाइसक्ने बताएका हुन्।सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘खोप आउने क्रम जारी छ, भोलि पनि खोप आउँदै छ, त्यसपछि लगाातार खोप आउने छ। पहिले खोप नपाएर तड्पिरहेको अवस्था थियो। तर अहिले त्यस्तो छैन्। खोप निरन्तर आउने छ। यो वर्षको अन्त्य सम्म सबै नागरिकल