५ दिनमा १ लाख जेष्ठ नागरिकलाई खोप दिने लक्ष्य राखेका छौं : मेयर शाक्य

मंगलबारदेखि जेष्ठ नागरिकलाई चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिइने भएको छ । ६० वर्षदेखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई मंगलबारदेखि कोरोना भाइरसविरुद्धको खोप दिइने भएको हो । मंगलबारदेखि सञ्चालन हुने खोप अभियान २९ गतेसम्म पाँच दिन चल्ने र भिडभाड कम गराउनको लागि हरेक दिन फरक फरक उमेरका जेष्ठ नागरिकलाई खोप दिइने प्रवन्ध मिलाइएको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए । पाँच दिनमा एक लाख जेष्ठ नागरिकलाई खोप दिने लक्ष्य राखिएको उनले बताए ।काठमाडौं महानगरपालिकाले खोपको ल