काठमाडौं।सरकारले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो १० महिनामा २ खर्ब २ अर्ब २८ करोड रुपैयाँको अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धता प्राप्त गरेको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो ३५.५ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्ष २०७६/७७ को साउन देखि वैशाखसम्मको १० महिनाको अवधिमा नेपालले १ खर्ब ४९ अर्ब ५० करोड रुपैयाँको अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धता प्राप्त गरेको थियो।