काठमाडौं।चालु आर्थिक वर्ष २०७७/७८ को चैतसम्म प्राप्त अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धतामध्ये सबैभन्दा बढी सडक र उर्जा क्षेत्रमा प्राप्त भएको छ।अर्थ मन्त्रालयकाअनुसार प्राप्त कुल सहायता प्रतिबद्धतामध्ये सडक क्षेत्रमा २७ प्रतिशत,उर्जा क्षेत्रमा २३.१ प्रतिशत,बजेटरी सहायताको रुपमा ११.८ प्रतिशत, सहरी विकासमा ८.९ प्रतिशत, क्षमता विकास क्षेत्रमा ८.९ प्रतिशत छ। चैतसम्म सरकारले १ खर्ब ९९ अर्ब ९१ करोड सहायता प्रतिबद्धता प्राप्त गरेको छ।