काठमाडौं।सरकारले चालु आर्थिक वर्ष २०७७/७८ को चैत महिनासम्म कुल १ खर्ब ९९ अर्ब ९१ करोडको वैदेशिक सहायताको प्रतिवद्धता प्राप्त गरेको छ।अर्थ मन्त्रालयका अनुसार अघिल्लो वर्षको सोही अवधिका तुलनामा यस वर्ष अन्तर्राष्ट्रिय विकास सहायता प्रतिवद्धतामा ६७.६ प्रतिशतले वृद्धि आएको छ। गत आर्थिक वर्ष २०७६/७७ को पहिलो नौ महिनामा १ खर्ब १९ अर्ब २८ करोड रुपैयाँको प्रतिवद्धता सरकारले प्राप्त गरेको थियो।