आँधी आउन लागेको छ सबै स्तब्ध छन् कुनै आवाज छैन- ढुङ्गाजस्तै यतिबेला बाघ पनि खरायोसँग सतर्क छ आँधी आउन लागेको छ र सबै थरथर कामिरहेका छन् – अग्ला घरका बैठक र बार्दलीहरू जस्तै धरहरा फेरि टुक्रिने डरले कामिरहेछ – मानिसहरूभन्दा अग्लो हुनुको घमण्ड यति बेला पीडामा अनुवाद भैरहेछ र पीडामाथि थप्पड हिर्काउन आँधी आउँदै […]