परिवर्तनका लागि सामाजिक अभियानद्वारा विगत ११ महिनादेखि आयोजना गर्दै आएको निःशुल्क सामाजिक स्वास्थ्य शिविरको १८ औं संस्करण सम्पन्न भएको छ । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त शाहद्वारा परीक्षण भएको उक्त क्लिनिकमा मुटु रोग, रक्तचाप र मधुमेह सम्बन्धि परिक्षण गरिएको छ । ७० वर्षमाथिका करिब १०७ जना बिरामीको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको उक्त क्लिनिकमा यस पटक मुटुमा राखिएको पेसमेकरको अवस्थाको पनि जाँच गरिएको अभियानका अध्यक्ष विष्णु बरालले बताए ।त्रिभुवन बरालको संयोजकत्वमा सम्पन्न यस शिविरमा