राप्रपाले २५ कात्तिकमा काठमाडौंमा सभा गर्ने

२३ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ कात्तिकमा काठमाडौंमा सभा गर्ने भएको छ । उक्त सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र वरिष्ठ नेताहरुले सम्बोधन गर्ने राप्रपाले जनाएको छ । आमसभामा उपत्यकाका तीन जिल्लाका १५ प्रतिनिधि सभाका र ३० प्रदेश सभाका उमेदवारहरुले मतदानका लागि सामूहिक अपिल गर्ने कार्यक्रम समेत रहेको छ । राप्रपाले यसअघि गोरखाको […]

सम्बन्धित सामग्री

सत्ता गठबन्धनको चुनावी सभा : भोलि काठमाडौंमा, सिमरा पुगेर टुंगिने

काठमाडौं । बिहीबार चितवनको भरपुर महानगरमा संयुक्त चुनावी सभा गरेको सत्ता गठबन्धनको अन्य चुनावी कार्यक्रम सार्वजनिक भएका छन् ।  जसअनुसार वैशाख २३ गते (भोलि) काठमाडौंमा सभा हुने छ ।  त्यस्तै २४ गते जनकपुर, २५ गते ११ बजे पोखरा, सोही दिन दिउँसो घोराही र तुल्सिपुरमा सभा हुने छ । त्यस्तै २६ गते धनगढी...

गठबन्धनले वैशाख २३ गते काठमाडौंमा सभा गर्ने

सत्ता गठबन्धनले सातै प्रदेशमा सभा गर्ने यसअघिको निर्णय संशोधन गरेको छ । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल संयोजक रहेको स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरूको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बुधबार बसेको बैठकले यसअघिको निर्णय संशोधन गरेको हो ।सभा वैशाख २३ गते दिनको १ बजे काठमाडौंमा गर्ने निर्णय भएको सदस्य सचिव अधिवक्ता केशवराज जोशीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उक्त सभालाई गठबन्धनका प्रमुख र संयन्त्रका संयोजकले सम्बोधन गर्ने कार्यक्रम छ । अन्य चुनावी सभाहरू आवश्यक

प्रभु लाइफ इन्स्योरेन्सले चैत ६ गते बोलायो साधारण सभा

फागुन १०, काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले चैत ६ गते चौथो वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको फागुन ९ गते बसेको सञ्चालक समितिको बैठकले बिहान १० बजे होटल रेडीसन, लाजिम्पाट, काठमाडौंमा सभा गर्ने निर्णय गरेको हो । कम्पनीले नेप्से मार्फत सार्वजनिक गरेको सूचनामा अन्य विवरण भने उपलब्ध गराएको छैन ।

काठमाडौंमा सभा–जुलुस, जात्रा, महोत्सव गर्न निषेध

काठमाडौं । काठमाडौंमा कोभिडको संक्रमण कायम रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले अनावश्यक रूपमा भीडभाड, सभा, जुलुस, जात्रा, महोत्सव र भोज आयोजना गर्न रोक लगाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा जारी आदेशमा बिहीवार राति १२ बजेदेखि लागू हुनेगरी सभा, जुलुस, जात्रा, महोत्सव तथा भोज गर्न नपाइने उल्लेख छ । जिल्ला प्रशासन कार्यालयले अर्को आदेश जारी नहुँदासम्म लागू हुनेगरी यो आदेश जारी गरेको हो । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै अनिवार्य मास्क प्रयोग गर्न, दूरी कायम गर्न तथा घरभित्रै रहेर न्यूनतम सहभागितामा चाडपर्व मनाउन पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आग्रह गरेको छ । यसैगरी काठमाडौं उपत्यकामा मास्क नलगाएका यात्रुलाई सार्वजनिक सवारीसाधनमा चढ्न रोक लगाउने निर्णय गरिएको छ । प्रशासनले सार्वजनिक सवारीसाधनको ढोकामा अनिवार्य सेनिटाइजरको व्यवस्था गर्न समेत यातायात व्यवसायीलाई निर्देशन दिएको छ । कोभिड–१९ संक्रमणको जोखिमका कारणसार्वजनिक सवारीसाधन अनिवार्य रूपमा दैनिक सेनिटाइज गर्नुपर्ने निर्णय गरिएको उल्लेख छ । साथै सार्वजनिक यातायातका साधनमा निर्धारित सीटसंख्या भन्दा बढी यात्रु नचढाउन पनि प्रशासनले आग्रह गरेको छ । यसैगरी होटल, रेष्टुराँ र सिनेमा हलमा सामाजिक दूरी कामय गर्न आदेश जारी गरिएको छ । उक्त आदेश पालना नगरेको पाइए कानून बमोजिम कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ । गृह मन्त्रालयको स्पष्टोक्ति यसैबीच, सरकारले संविधान, प्रचलित कानून र कोभिड–१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकलभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने कुनै आदेश र उद्देश्य नभएको स्पष्ट पारेको छ । ‘नेपालको संविधान, प्रचलित कानून र कोभिड–१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकलभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने नेपाल सरकारको कुनै आदेश र उद्देश्य नभएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ,’ मन्त्रालयद्वारा बिहीवार जारी विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा जिल्ला प्रशासन कार्यालय, काठमाडौं र भक्तपुरले जारी गरेको आदेशको विषयमा सार्वजनिक रूपमा अभिव्यक्त चासो र चिन्ताप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । रासस

काठमाडौंमा सभा–सम्मेलन नगर्न निर्देशन : स्वास्थ्य मापदण्ड उल्लंघन गरे कारबाही

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले काठमाडौंमा कोरोना महामारी बढिरहेको र संक्रमण फैलिने जोखिम कायम रहेको भन्दै सभा–सम्मेलन नगर्न आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै सभा–सम्मेलन, जुलुस, धर्ना, गोष्ठी, र्‍याली गरी भिडभाड गर्दा तेस्रो लहरको जोखिम निम्तिन सक्ने जनाएको हो । प्रशासनले निषेधाज्ञा र स्वास्थ्य मापदण्ड उल्लंघन गरे कानुनबमोजिम कारबाही...

काठमाडौंमा सभा गोष्ठी रोक

काठमाडौं, ८ वैशाख । काठमाडौमा सभा सम्मेलन, गोष्ठीलगायत कार्यक्रममा रोक लगाइएको छ । कोरोना भाइरसको रोकथामका लागि भन्दै जिल्ला प्रशासन कार्यालयले भौतिक रुपमा उपस्थित भएर सभा सम्मेलन, गोष्ठी, सेमिनारमा रोक लगाएको हो । जिप्रका काठमाडौंको आज जारी सूचनामा तालिम तथा प्रशिक्षणहरु सञ्चालनमा पनि रोक लगाइएको उल्लेख छ ।

इक्रा नेपालको साधारणसभा पुस २० गते

इक्रा नेपालको आठौं वार्षिक साधारणसभा पुस २० गते हुने भएको छ । कम्पनीले दिनको १ बजे केन्द्रीय कार्यालय डिल्लिबजार, काठमाडौंमा सभा बोलाएको हो । कोरोनाको जोखिमलाई ध्यानमा राखी कम्पनीले भर्चुअल माध्यमबाट सभा सम्पन्न गर्ने तयारी गरेको छ ।सभाले आर्थिक वर्ष २०७६-०७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै प्रस्तावित १५० प्रतिशत बोनस सेयर र कर प्रयोजन […]

काठमाडौंमा सभा, जुलुस, प्रर्दशन नगर्न निर्देशन

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस, प्रदर्शन जस्ता भिडभाड हुने कुनै पनि गतिविधि नगर्न

पिठ्युँमा गोली बोकेर आन्दोलनमा

काठमाडौंमा सभा, जुलस धर्ना गर्ने ठाउँ खुम्चँदै गएकाले होला, आन्दोलनजति माइतीघर मण्डलाकै थाप्लोमा परेको छ ।