काठमाडौंमा सभा–जुलुस, जात्रा, महोत्सव गर्न निषेध

काठमाडौं । काठमाडौंमा कोभिडको संक्रमण कायम रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले अनावश्यक रूपमा भीडभाड, सभा, जुलुस, जात्रा, महोत्सव र भोज आयोजना गर्न रोक लगाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा जारी आदेशमा बिहीवार राति १२ बजेदेखि लागू हुनेगरी सभा, जुलुस, जात्रा, महोत्सव तथा भोज गर्न नपाइने उल्लेख छ । जिल्ला प्रशासन कार्यालयले अर्को आदेश जारी नहुँदासम्म लागू हुनेगरी यो आदेश जारी गरेको हो । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै अनिवार्य मास्क प्रयोग गर्न, दूरी कायम गर्न तथा घरभित्रै रहेर न्यूनतम सहभागितामा चाडपर्व मनाउन पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आग्रह गरेको छ । यसैगरी काठमाडौं उपत्यकामा मास्क नलगाएका यात्रुलाई सार्वजनिक सवारीसाधनमा चढ्न रोक लगाउने निर्णय गरिएको छ । प्रशासनले सार्वजनिक सवारीसाधनको ढोकामा अनिवार्य सेनिटाइजरको व्यवस्था गर्न समेत यातायात व्यवसायीलाई निर्देशन दिएको छ । कोभिड–१९ संक्रमणको जोखिमका कारणसार्वजनिक सवारीसाधन अनिवार्य रूपमा दैनिक सेनिटाइज गर्नुपर्ने निर्णय गरिएको उल्लेख छ । साथै सार्वजनिक यातायातका साधनमा निर्धारित सीटसंख्या भन्दा बढी यात्रु नचढाउन पनि प्रशासनले आग्रह गरेको छ । यसैगरी होटल, रेष्टुराँ र सिनेमा हलमा सामाजिक दूरी कामय गर्न आदेश जारी गरिएको छ । उक्त आदेश पालना नगरेको पाइए कानून बमोजिम कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ । गृह मन्त्रालयको स्पष्टोक्ति यसैबीच, सरकारले संविधान, प्रचलित कानून र कोभिड–१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकलभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने कुनै आदेश र उद्देश्य नभएको स्पष्ट पारेको छ । ‘नेपालको संविधान, प्रचलित कानून र कोभिड–१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकलभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने नेपाल सरकारको कुनै आदेश र उद्देश्य नभएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ,’ मन्त्रालयद्वारा बिहीवार जारी विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा जिल्ला प्रशासन कार्यालय, काठमाडौं र भक्तपुरले जारी गरेको आदेशको विषयमा सार्वजनिक रूपमा अभिव्यक्त चासो र चिन्ताप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । रासस

सम्बन्धित सामग्री

पोखरा बसपार्क क्षेत्रको सडकमा भोलिदेखि पार्किङ निषेध

पोखरा बसपार्क क्षेत्रका सडक छेउमा भोलिदेखि पार्किङ निषेध गरिएको छ। पृथ्वी चोकेदेखि सेती पुल (चाइना पुल) सम्म सडक छेउमा पार्किङ गर्न निषेध गरेको पोखरा महानगरपालिकाले जानकारी दिएको छ।...

हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरेको छ। सम्पदाको मौलिकता जोगाउन महानगरपालिकाले सम्पदा क्षेत्रभित्र सवारीसाधन निषेध गरेको हो। महानगरपालिकाले न्यूरोडको शालिक गेटदेखि वसन्तपुर क्षेत्र सबैमा सवारीसाधन निषेध गरेको महानगरीय प्रहरी बल, काठमाडौँका हनुमान ढोका इन्चार्ज ध्रुव भुजेलले बताए। उनले सोमबारबाट नै सम्पदा क्षेत्रमा सवारीसाधन निषेध गरिएको र बुधबार मेयर बालेन्द्र साह र सम्पदा […]

‘विहारमा मदिरा निषेध अभियान असफल’

विहार सरकारले लागु गरेको मदिरा निषेध अभियान असफल भएको छ। विहारका जनता दल (युनाइटेड( का नेता तथा पार्टीको राष्ट्रिय संसदीय बोर्डका अध्यक्ष उपेन्द्र कुशवाहले राज्यमा मदिरा निषेध अभियान सफल नभएको बताएका...

शिक्षक र कर्मचारीलाई राजनीतिमा निषेध गर्ने मालिकार्जुन गाउँपालिकाको निर्णय

काठमाडौँ । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले शिक्षक र कर्मचारीलाई राजनीति गर्न निषेध गरेको छ। जेठ १३ मा बसेको गाउँ कार्यपालिकाको बैठकले शिक्षक र कर्मचारीको राजनीतिक दलसँगको आबद्धता निषेध गर्ने निर्णय गरेको छ। गाउँपालिकाभित्र रहेका शिक्षक र कर्मचारीले सात दिनभित्र आफूले राजनीतिक दलसँगको आबद्धता त्यागेको विवरण पेस गर्नुपर्नेछ। गाउँपालिका अध्यक्ष हिरासिंह धामीले राजनीतिक दलको आबद्धता निषेध गर्ने […]

जापानमा विदेशीलाई प्रवेश निषेध गर्ने तयारी

टोकियो । जापानमा फेरि पनि विदेशी यात्रुलाई प्रवेश निषेध गर्ने तयारी भएको छ । सिमानामा कडाइका साथ परीक्षण गर्ने व्यवस्था गर्न लागिएको प्रधानमन्त्री फुमियो किशिदाले सोमबार जानकारी दिए । अफ्रिकी मुलुकहरुमा कोरोनाभाइरसको नयाँ संस्करणको रुपमा देखिएको ओमिक्रोनको महामारी आफ्नो देशभित्र प्रवेश नगरोस् भन्ने उद्देश्यले विदेशबाट आउनेहरुलाई जापान प्रवेशमा निषेध गर्न लागिएको हो । ‘हामीले चाडै […]

कीर्तिपुरमा ‘मास्कबिना प्रवेश निषेध’

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट जोगिन काठमाडौंको कीर्तिपुर नगरपालिकामा ‘मास्कबिना प्रवेश निषेध’ अभियान सुरु भएको छ। कीर्तिपुर महानगरपालिकाले सबै नागरिकलाई मास्क अनिवार्य गराउन जनचेतना जगाउने उद्देश्यले यो अभियान सुरु गरेको हो । अभियानको सुरु गर्दै मेयर रमेश महर्जनले मास्क उपलब्ध गराउन ‘मास्क बैंक’को समेत स्थापना गरिएको जानकारी दिनुभयो । सक्नेले दिने र नसक्नेहरुलाई निःशुल्क रुपमा […]

त्रिवि क्रिकेट मैदानमा दर्शकलाई निषेध

काठमाडौं। त्रिदेशीय क्रिकेट सिरिजमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको छ। टी–२० क्रिकेट सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ।कीर्तिपुरस्थित त्रिवि मैदानमा आजदेखि सञ्चालन हुने बाँकी खेलमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले बताए। क्यानले विज्ञप्ति जारी गर्दै त्रिदेशीय टी–२० क्रिकेटको बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको जनाएको हो।

सामुदायिक विद्यालयमा ‘जंक फुड’ निषेध

सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जंक फुड’ खुवाउन निषेध गरेको छ ।