सत्ता गठबन्धनले सातै प्रदेशमा सभा गर्ने यसअघिको निर्णय संशोधन गरेको छ । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल संयोजक रहेको स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरूको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बुधबार बसेको बैठकले यसअघिको निर्णय संशोधन गरेको हो ।सभा वैशाख २३ गते दिनको १ बजे काठमाडौंमा गर्ने निर्णय भएको सदस्य सचिव अधिवक्ता केशवराज जोशीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उक्त सभालाई गठबन्धनका प्रमुख र संयन्त्रका संयोजकले सम्बोधन गर्ने कार्यक्रम छ । अन्य चुनावी सभाहरू आवश्यक