काठमाडौंमा सभा गोष्ठी रोक

काठमाडौं, ८ वैशाख । काठमाडौमा सभा सम्मेलन, गोष्ठीलगायत कार्यक्रममा रोक लगाइएको छ । कोरोना भाइरसको रोकथामका लागि भन्दै जिल्ला प्रशासन कार्यालयले भौतिक रुपमा उपस्थित भएर सभा सम्मेलन, गोष्ठी, सेमिनारमा रोक लगाएको हो । जिप्रका काठमाडौंको आज जारी सूचनामा तालिम तथा प्रशिक्षणहरु सञ्चालनमा पनि रोक लगाइएको उल्लेख छ ।

सम्बन्धित सामग्री

काठमाडौंमा सभा–सम्मेलन नगर्न निर्देशन : स्वास्थ्य मापदण्ड उल्लंघन गरे कारबाही

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले काठमाडौंमा कोरोना महामारी बढिरहेको र संक्रमण फैलिने जोखिम कायम रहेको भन्दै सभा–सम्मेलन नगर्न आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै सभा–सम्मेलन, जुलुस, धर्ना, गोष्ठी, र्‍याली गरी भिडभाड गर्दा तेस्रो लहरको जोखिम निम्तिन सक्ने जनाएको हो । प्रशासनले निषेधाज्ञा र स्वास्थ्य मापदण्ड उल्लंघन गरे कानुनबमोजिम कारबाही...