फागुन १०, काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले चैत ६ गते चौथो वार्षिक साधारण सभा गर्ने भएको छ ।
कम्पनीको फागुन ९ गते बसेको सञ्चालक समितिको बैठकले बिहान १० बजे होटल रेडीसन, लाजिम्पाट, काठमाडौंमा सभा गर्ने निर्णय गरेको हो ।
कम्पनीले नेप्से मार्फत सार्वजनिक गरेको सूचनामा अन्य विवरण भने उपलब्ध गराएको छैन ।