सनराइज बैंक बिलेनियर क्लबमा ,बैंकको नाफा एक अर्ब १६ करोड, पूँजी कोष अनुपात बढ्यो :: BIZMANDU.COM

काठमाडौं। सनराइज बैंकले गत आर्थिक बर्ष २०७३/७४ मा एक अर्ब १६ करोड रुपैयाँ नाफा गरेको छ। बैंकले अघिल्लो आर्थिक

सम्बन्धित सामग्री

नेपाल एसबिआई बैंकको नाफा बढ्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको तुलनामा चालू आवको सोही अवधिमा ३८ प्रतिशत वृद्धि भएको छ । गत आवमा रू. १ अर्ब ३० करोड नाफा  कमाएको कम्पनीले चालू आवको सोही अवधिमा रू. १ अर्ब ८० करोडभन्दा बढी कमाएको छ । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा वृद्धि भएको छ ।  गत आवको तुलनामा चालू आवमा कम्पनीको सञ्चालन नाफा ३८ प्रतिशत र खुद ब्याज आम्दानी ४४ प्रतिशत वृद्धि भएको छ । चालू आवमा कम्पनीको नाफासँगै प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १७ दशमलव १३ रहेकोमा चालू आवमा बढेर रू. २३ दशमलव ७६ पुगेको हो । त्यस्तै चालू आवमा कम्पनीको मूल्य आम्दानी अनुपात १३ दशमलव ३४ गुणा, तरलता अनुपात २९ दशमलव ५६ गुणा र प्रतिशेयर नेटवर्थ रू. १७८ दशमलव ४७ रहेको छ ।  ३ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. १० अर्ब १२ करोड पुगेको छ । त्यस्तै कम्पनीले जगेडामा रू. ६ अर्ब ७८ करोड र रिटेन्ड अर्निङमा रू. १ अर्ब १६ करोड सञ्चित गरेको हो । कम्पनीले तेस्रो त्रैमाससम्ममा रू. १ खर्ब ४० अर्ब निक्षेप संकलन गरेर रू. १ खर्ब २० अर्बभन्दा बढी कर्जा लगानी गरेको छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

विकास बैंकको नाफा पनि २६ प्रतिशतले बढ्यो, गरिमा 'अर्ब क्लब' उक्लियो

विकास बैंकहरूमध्ये गरिमा विकास बैंक अर्ब क्लबमा परेको छ । आर्थिक वर्ष २०७७/७८ मा कुनै पनि विकास बैंकले अर्ब नाफा नपुर्‍याएकोमा गरिमा विकास बैंक १ अर्ब ५ करोड रुपैयाँ नाफाका साथ अर्ब क्लबमा उक्लेको छ ।

२१.३८ % पूँजी वृद्धि गरेको हिमालयन बैंकको नाफा करीब १४ % बढ्यो

माघ १२, काठमाडौं । हिमालयन बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त विवरण  अनुसार कम्पनीको खुद नाफा गत वर्षभन्दा यस वर्ष १३ दशमलव ८० प्रतिशतले वृृद्धि भएको छ । गत वर्ष रू. ६५ करोड ३२ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. ७४ करोड ३४ लाखभन्दा बढी यो नाफा गरेको हो । यस वर्ष कम्पनीको सञ्चालन मुनाफा भने ७ दशमलव ६६ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष रू. ९८ करोड ६४ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. १ अर्ब ६ करोड २० लाखभन्दा बढी यो नाफा गरेको हो । चालू आवको दोस्रो त्रैमाससम्म कम्पनीको वितरण योग्य नाफा भने रू. २४ करोड ५१ लाखभन्दा बढी छ । गत वर्ष यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा रू. ३९ करोड १३ लाखभन्दा बढी थियो । गत आर्थिक वर्षको मुनाफाबाट २१ दशमलव ३८ प्रतिशत बोनस शेयर वितरण गरी कम्पनीले चुक्तापूँजी रू. १२ अर्ब ९६ करोड ८७ लाखभन्दा बढी कायम गरेको छ । यो पूँजी गत असार मसान्तसम्म रू. १० अर्ब ६८ करोड ४४ लाख रहेको थियो । कम्पनीको जगेडा कोष रकम पनि ६ महीनामा रू. २१ दशमलव ७० प्रतिशत कम कायम भएको छ । गत असार मसान्तसम्म रू. ९ अर्ब ४४ करोड ८३ लाखभन्दा बढी रहेको जगेडा कोष (रिटेन्ड अर्निग ) सहित रकम पुस मसान्तसम्म रू. ७ अर्ब ३९ करोड ८३ लाखमा सीमित भएको हो । यस अवधिसम्म कम्पनीको रिटेन्ड अर्निग रू. २४ करोड ७१ लाखभन्दा बढी र जगेडा कोष रू. ७ अर्ब १५ करोड १२ लाखभन्दा बढी छ । गत असार मसान्तको तुलनामा कम्पनीले १७ दशमलव ३७ प्रतिशत बढी अर्थात् रू. १ खर्ब ६५ अर्ब ५१ करोड २६ लाख निक्षेप संकलन गरेको छ भने १९ दशमलव ५४ प्रतिशत बढी अर्थात्  रू. १ खर्ब ५० अर्ब ६७ करोड ९० लाख कर्जा प्रवाह गरेको छ । कम्पनीको निष्क्रिय कर्जा गत वर्ष २ दशमलव १३ प्रतिशत रहेकोमा यस वर्ष घटेर शून्य दशमलव ७२ प्रतिशत कायम भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ११ दशमलव ४७ र प्रतिशेयर नेटवर्थ रू. १५७ दशमलव शून्य ५ छ । यो पनि हेर्नुस् : हिमालयन बैंकको पाँच वर्षे लाभांश इतिहास : यसवर्ष तीन वर्ष पछिकै उच्च हिमालयन बैंकको नाफा करीब ३ अर्ब, वितरणयोग्य नाफा २ अर्बभन्दा बढी १ खर्बभन्दा बढी निक्षेप संकलन गरेको हिमालयन बैंकको नाफा ४४% घट्यो हिमालयन बैंकको नाफामा ६२.५० प्रतिशतले कमी

महालक्ष्मी विकास बैंकको नाफा ३१.५४ % ले बढ्यो, खराब कर्जामा सुधार

माघ ८, काठमाडौं । महालक्ष्मी विकास बैंकले चालू आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षको पौष मसान्तसम्ममा कम्पनीले ४५ करोड ६२ लाख रुपैयाँ खुदनाफा कमाएको छ । जुन गत वर्षको यही अवधिको तुलनामा ३१ दशमलव ५५ प्रतिशतले बढी रहेको छ ।  समिक्षाअवधिमा कम्पनीको निक्षेप ४३ अर्ब १ करोड रुपैयाँ तथा कर्जा ४० अर्ब रुपैयाँ पुगेको छ । यस आर्थिक वर्ष कम्पनीले सञ्चालन आम्दानीतर्फ १ अर्ब १० करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनी यसवर्षदेखि बैंक अर्बको क्लबमा उक्लिएको छ । त्यसैगरि गत आर्थिक वर्षको पौष मसान्तसम्मको खुद सञ्चालन मुनाफालाई ४१ प्रतिशतले वृद्धि गरी कम्पनीले खुद सञ्चालन मुनाफा ६८ करोड रुपैयाँ आर्जन गरेको छ । समिक्षाअवधिमा कम्पनीले उल्लेख्य रुपमा खराब कर्जा घटाई  गत वर्षको ४ दशमलव ७९ प्रतिशतको खराब कर्जालाई २ दशमलव ८९ प्रतिशतमा झारेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात१९ दशमलव ६० गुणा, प्रतिशेयर नेटवर्थ १७८ दशमलव ४० रुपैयाँ, तरलता अनुपात २५ दशमलव ४१ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले शेयरधनीलाई २१ द्यशमलव शून्य ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

एनसीसी बैंकको नाफा बढ्यो, कस्ता छन् अन्य सूचक ?

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा एनसीसी बैंक Nepal Credit & Commerce Bank Limited को नाफा बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३३ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्म ५१ करोड ८० लाख रुपैयाँ नाफा कमाएको हो ।बैंकको वितरणयोग्य नाफा ९३ करोड २७ लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २०.०९ रुपैयाँ छ ।बैंकले खुद व्याज आम्दानी पनि बढाएको छ । गत आर्थिक वर्षको प्रथम त्रैमासमा ७९ करोड ५ लाख ७३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ९३ करोड ६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।बैंकले कुल १ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

झिनो अंकले बढ्यो बैंक अफ काठमाण्डूको नाफा, प्रतिसेयर आम्दानीमा भने गिरावट

बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited ले चालु आर्थिक वर्षको ३ महिनामा २५ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा २४ करोड १४ लाख खुद नाफा कमाएको थियो ।चालु आर्थिक वर्षको प्रथम त्रैमासको बैंकको नाफा गत वर्षको प्रथम त्रैमासको तुलनामा १ करोड ६ लाखले बढी हो । बैंकको वितरणयोग्य नाफा २ करोड ९२ लाख रुपैयाँ छ । बैंकको खुद व्याज आम्दानी ७९ करोड ४४ लाख रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा बैंकको खुद व्याज आम्दानी ७६ करोड ९९ लाख रुपैयाँ थियो ।नाफा बढेपनि बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेको छ । गत वर्ष ११.३० रुपैयाँ रहेको बैंकको ईपीएस यस वर्ष १०.५० रुपैयाँमा झरेको छ । प्रथम त्रैमासमा बैंकले १ खर्ब २ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

सिभिल बैंकको नाफा बढ्यो, कर्जा तथा ऋण लगानीमा पनि उल्लेख्य वृद्धि

काठमाडौं । सिभिल बैंकले आर्थिक वर्ष २०७७/७८ मा कर्जा तथा ऋण लगानीमा उल्लेख्य वृद्धि गरेको छ । गत आर्थिक वर्षको चैत्र मसान्तको तुलनामा सिभिल बैंकको निक्षेप ६१.९६५ ले बढेको छ भने कर्जा प्रवाह ५४.६७%ले बढेको छ । बैंकले समीक्षा अवधि सम्ममा ८७.८९ अर्ब निक्षेप संकलन गरी ८१.४४ अर्ब कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले ५४.२६ अर्ब निक्षेप संकलन गरी ५२.६५ अर्ब कर्जा प्रवाह गरेको थियो । सिभिल बैंकले यस आर्थिक वर्षमा निक्षेप तर्फ २७.७६ अर्व वृद्धि गरेको छ जुन असार मसान्तको निक्षेपको