नेपाल एसबिआई बैंकको नाफा बढ्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको तुलनामा चालू आवको सोही अवधिमा ३८ प्रतिशत वृद्धि भएको छ । गत आवमा रू. १ अर्ब ३० करोड नाफा  कमाएको कम्पनीले चालू आवको सोही अवधिमा रू. १ अर्ब ८० करोडभन्दा बढी कमाएको छ । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा वृद्धि भएको छ ।  गत आवको तुलनामा चालू आवमा कम्पनीको सञ्चालन नाफा ३८ प्रतिशत र खुद ब्याज आम्दानी ४४ प्रतिशत वृद्धि भएको छ । चालू आवमा कम्पनीको नाफासँगै प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १७ दशमलव १३ रहेकोमा चालू आवमा बढेर रू. २३ दशमलव ७६ पुगेको हो । त्यस्तै चालू आवमा कम्पनीको मूल्य आम्दानी अनुपात १३ दशमलव ३४ गुणा, तरलता अनुपात २९ दशमलव ५६ गुणा र प्रतिशेयर नेटवर्थ रू. १७८ दशमलव ४७ रहेको छ ।  ३ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. १० अर्ब १२ करोड पुगेको छ । त्यस्तै कम्पनीले जगेडामा रू. ६ अर्ब ७८ करोड र रिटेन्ड अर्निङमा रू. १ अर्ब १६ करोड सञ्चित गरेको हो । कम्पनीले तेस्रो त्रैमाससम्ममा रू. १ खर्ब ४० अर्ब निक्षेप संकलन गरेर रू. १ खर्ब २० अर्बभन्दा बढी कर्जा लगानी गरेको छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् 

सम्बन्धित सामग्री