एनसीसी बैंकको नाफा बढ्यो, कस्ता छन् अन्य सूचक ?

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा एनसीसी बैंक Nepal Credit & Commerce Bank Limited को नाफा बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३३ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्म ५१ करोड ८० लाख रुपैयाँ नाफा कमाएको हो ।बैंकको वितरणयोग्य नाफा ९३ करोड २७ लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २०.०९ रुपैयाँ छ ।बैंकले खुद व्याज आम्दानी पनि बढाएको छ । गत आर्थिक वर्षको प्रथम त्रैमासमा ७९ करोड ५ लाख ७३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ९३ करोड ६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।बैंकले कुल १ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।