काठमाडौँ । फुटबल विकासका लागि नेपाल र साउदी अरेबियाबीच सम्झौता भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र साउदी अरेबियन फुटबल फेडेरेसन (साफ) बीच फुटबलका विभिन्न पक्षको विकासका लागि दुई वर्षको सम्झौता भएको हो । एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र साफका अध्यक्ष यासेर अलमिसेहालले आइतबार साउदीमा सम्झौता पत्रमा हस्ताक्षर गरेको एन्फाले जनाएको छ […]