जबजब गैह्रकानुनी रुपमा अमेरिका प्रवेशको कुरा आउँछ, तब मेक्सिको देशको चर्चा भइहाल्छ।अहिले पनि दैनिक दक्षिण अमेरिकाका विभिन्न देशका हजारौँ आप्रवासीको समूह मेक्सिको हुँदै संयुक्त अमेरिकाको सीमातर्फ अघि बढिरहेका छन्।केही दिन अघिमात्र बीबीसीका अनुसार भेनेजुएला, क्युबा, मेक्सिको लगायत देशका झण्डै ८ हजार मानिस सम्मिलित समूह ‘गरिबीको प्रस्थान’ लेखिएको ब्यानर बोकेर अमेरिकी सीमातर्फ अघि बढेका छन्।आप्रवासन नियन्त्रणसम्बन्धी नयाँ सम्झौता अघि बढाउन चाहिरहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्ल