अमेरिका प्रवेश गर्न हजारौं संख्यामा आप्रवासीहरु मेक्सिकोको सीमा पुग्दै

मेक्सिकोबाट अमेरिका प्रवेश गर्न हजारौं मानिस अहिले सीमा क्षेत्र पुगिरहेका छन्। लस एन्जलसमा वेस्टर्न हेमिस्फियर लिडर्सहरुको बैठकलाई लक्षित गर्दै काराभान माइग्रेन्ट (आप्रवासी)हरु अमेरिका र मेक्सिकोको सीमा क्षेत्र पुगिरहेका हुन्। बीबीसीका अनुसार करिब ६ हजार मानिस भेनेजुएला र मध्य अमेरिकी देशबाट उत्तरी मेक्सिको पुगेका छन्। लिडर्सहरुको बैठकको प्राथमिकता नै आप्रवासीहरुको मुद्दा हो।…

सम्बन्धित सामग्री

अमेरिका र मेक्सिकोका राष्ट्रपति बीच अवैध आप्रवासन रोक्नेबारे छलफल

अमेरिका । अमेरिकी राष्ट्रपति जो बाइडेन र मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोर बीच शुक्रबार छलफल भएको छ । सो छलफलमा दुई राष्ट्रपति बीच संयुक्त राज्य अमेरिकामा अवैध फेन्टानिल तस्करीको नियन्त्रण गर्न र दुई देशको बीचको सीमामा उत्तरतर्फ जाने आप्रवासीहरूको बढ्दो संख्यालाई व्यवस्थित गर्न एकसाथ काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । नेपाली सहित हजारौं आप्रवासीहरू अवैध बाटो हुँदै मेक्सिको पुग्ने र अमेरिका प्रवेश गर्दै आएका छन् ।  "मेक्सिको र संयुक्त राज्य अमेरिका सँगै उभिएर सँगै काम गरेमा मेरो विचारमा कुनै पनि कुरा हाम्रो पहुँचभन्दा बाहिर छैन,"  अमेरिकी राष्ट्रपति बाइडेनले भनेका छन् । बाइडेनको लोपेज ओब्राडोरसँगको सम्बन्ध कहिलेकाहीँ तनावपूर्ण  बन्ने गरेको छ । केही हदसम्म फेन्टानिल उत्पादन र पत्रकारहरूको हत्या जस्ता विषयहरूमा बाइडेनले मेक्सिकोको आलोचना गरेका छन् । अमेरिकाले क्युबा, निकारागुआ वा भेनेजुएलालाई निमन्त्रणा नगरेको हुनाले मेक्सिकोका राष्ट्रपतिले लस एन्जलस शिखर सम्मेलनमा सहभागिता जनाएका छैनन् । सम्मेलनमा आप्रवासनका विषयमा महत्त्वपूर्ण छलफल हुने बताइएको थियो। ऐजेन्सी

कोही किन जोखिम मोलेर अमेरिका पुग्न चाहन्छ ?

गुजरातका वृजकुमार यादवको हालै अमेरिका प्रवेश गर्ने क्रममा मृत्यु भएको छ।उनीजस्तै विश्वभरबाट हजारौं आप्रवासीहरू अमेरिकाको छिमेकी देशबाट सीमा पार गर्ने प्रयास गर्छन्। कसैलाई सफलता मिल्छ, कसैलाई ज्यान गुमाउनुपर्छ वा कानुनी कारबाही भोग्नुपरेको छ।तर सीमानामा पुग्न कम गाह्रो छैन, उनीहरू जंगल, पहाड, खोला तरेर र हजारौं किलोमिटरको यात्रा गरेर धेरै देश पार गरेर सीमामा पुग्छन्।आप्रवासीहरूको लागि अन्तिम बिसौनी अमेरिकी सीमा नजिकैको टेक्सासको एल पासो सहर हो, जहाँ बीबीसीले स्थलगत रिपोर्टहरू मार्फत आप्रवासीहरूक

आप्रवासी रोक्न हजारौं अमेरिकी सेना सीमामा

वासिङ्टन । अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले अमेरिका–मेक्सिको सीमामा सुरक्षा व्यवस्थालाई सुदृढ गर्न थप ५ हजार २ सय सेना परिचालन गर्न लागेको जनाएको छ।      रक्षा मन्त्रालयका अधिकारीहरुले मेक्सिको हुँदै अमेरिका प्रवेश गर्ने क्रममा ...