काठमाण्डाै - द्वन्द्वग्रस्त देश यमनमा सन् २०२१ मा २० लाखभन्दा बढी बालबालिका भोकमरीमा पर्ने देखिएको छ । संयुक्त राष्ट्रसङ्घीय विभिन्न निकायले शुक्रवार सार्वजनिक गरेका विवरणहरुकाअनुसार उनीहरु ५ वर्षभन्दा कम उमेरका बालबालिकाहरु मात्रै हुन् ।
लामो समयदेखिको द्वन्द्वका कारण अति गरिब देशमा पर्न गएको यमनमा द्वन्द्व र गरिबीका कारण बालबालिकाहरुले भोकमरीको सामना गर्नुपर्ने अवस्था आएको जनाइएको छ । यो वर्ष भोकमरी तथा कुपोषणमा पर्ने २० लाखमध्ये झण्डै चार लाख बालबालिकामा कुपोषणका कारण मृत्युको जोखिम देखिएको पनि राष्ट्...